साप्ताहिक संवाददाता
फाल्गुन २३, २०७०
पोखरा
दोस्रो संस्करणको यो इभेन्टमा १० दिनसम्म हरेक दिन एसएमएस गर्नेहरूबाट छानिएका १० जोडीमध्येबाट उत्कृष्ट तीन जोडी बेस्ट भ्यालेन्टाइन छानिएका थिए। गेम शोमा सहभागिता जनाई पहिलो भएका शंकर र शशि, शान र सुजता तथा चेतमान र सुशीलाको जोडीले उत्कृष्ठ तीनभित्र पर्दै नगदसहित गिफ्टसमेत प्राप्त गरेका छन्। युवा ज्योतिष हरिहर अधिकारीले हरेक दिनका उत्कृष्ट जोडीको लब केमेस्ट्री हेरेर १० मध्ये ३ जोडी छनौट गरेका थिए।