साप्ताहिक संवाददाता
चैत्र ७, २०७०
- बिन्दु कुलुङ, नयाँबस्ती
मेरो पहिलो र अन्तिम प्रेम भन्नु नै मेरी श्रीमती मुना हुन्। उनीसँग प्रेम भयो, उनैसँग विवाह भयो।
चलचित्रबाट आएको पैसा केमा खर्च गर्नुहुन्छ?
- शान्तराम बोटे
चलचित्रबाट आएको पैसा त लिँदा-लिँदै सकिन्छ, खर्च गर्नै भ्याईँदैन।
अरूलाई हँसाउने मानिस आफू कत्तिको हाँसिन्छ?
- डिबी मगर, कपिलवस्तु
म त सामान्य जीवनमा पनि हाँसिरहन्छु। अरु हास्य कलाकार साथीहरूको प्रस्तुति हेरेर त झन् मजाले हाँस्छु।
पहिलो पटक चलचित्रमा अभिनय गर्दा कस्तो अनुभूति भयो?
- क्रिस्टल
एकदमै खुसी लागेको थियो। अरु पनि अफर आउँछ भन्ने लागेको थियो तर ठीक उल्टो भैदियो।