साप्ताहिक संवाददाता
प्रत्येक वर्षझैं यस वर्ष पनि प्रतिष्ठानले नगरको सबैभन्दा भीडभाड हुने स्थान माइस्थान मन्दिर अघिल्तिरको खाली भागमा मञ्च ठडाएको थियो । आयोजकले दुवै जनालाई यस वर्षको महामूर्ख एवं अधिराजकुमार मूर्ख घोषित गरेपछि अबिरसँगै तरकारीको माला लगाइदिए ।
महामूर्ख घोषित भए पनि प्रतिक्रिया दिंदै गुप्ताले भने- 'होलीले हामीलाई एक-आपसमा सद्भाव बढाउने सन्देश दिन्छ, आज मुलुकमा सद्भाव र एकताको खाँचो छ ।' गुप्ताले पनि आफूहरू एक वर्षभित्रै नयाँ संविधान बनाउने प्रणका साथ संविधानसभामा पुगेकाले यसका लागि दत्तचित्त भै लागेको बताए ।
'यो पर्वमा जसले जसलाई पनि व्यंग्य गर्न छुट छ,' आयोजक संस्थाका अध्यक्ष मास्टर तारा सिंहले भने- 'यही यो पर्वको मज्जा पनि हो, सबैले लोकलाज र वैरभाव त्यागेर उल्लासपूर्वक मनाउँछन् ।' मञ्चमा तेस्रोलिंगीदेखि लिएर स्थानीय कलाकारहरूले होली नृत्य प्रस्तुत गरेर वातावरणलाई पूर्ण रूपले होलीमय बनाएका थिए ।