साप्ताहिक संवाददाता
चैत्र १४, २०७०
धनकुटा
हुर्रा नाच तथा गीतका अतिरिक्त अन्य सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको कार्यक्रममा मादलको तालमा गीत गाउर्दै मगर समुदायका युवा-युवतीहरूले सबैलाई भरमग्दुर आनन्द प्रदान गरे। मगरजातिको पोसाकका सजिएका तरुनी तन्नेरीहरूसँग मगरजातिकै पोसाक लगाएर स्थानीय बासिन्दाहरूसमेत हुर्रा नाच्दै आनन्द लिन पछि परेनन्। गाउँमा आउने विदेशी तथा स्वदेशी पर्यटकको स्वागत, सम्मान एवं मनारेञ्जनका लागि स्थानीय मगरहरूले सामूहिक हुर्रा नाच देखाउने चलन छ।