चैत्र १४, २०७०
दाङ
थारु गाउँका वृद्धवृद्धाले मात्र हेल्का र डिलिया बुन्न सक्छन्। युवा पुस्ताले उक्त सीप सिक्न नसक्दा सामग्री पाउन नै कठिन भैरहेको छ। थारु संस्कृति बचाउने जिम्मेवारी युवा पुस्ताको काँधमा भएकाले आफूहरू महोत्सवमा संस्कृति प्रदर्शन गर्न आएको चैलाहीकी राधा चौधरीले बताइन्। महोत्सवमा राखिएका सामग्री दर्शकहरूले निकै रुचि दिएर हेर्ने र जिज्ञासा राख्ने गरेको उनले बताइन्। देउखुरीको संस्कृतिलाई राष्ट्रियस्तरमा पहिचान दिने उद्देश्यले देउखुरी उद्योग वाणिज्य संघले यो महोत्सवका आयोजना गरेकोे अध्यक्ष विष्णुप्रसाद बेल्वासेले बताए। महोत्सवमा कला-संस्कृतिका साथै व्यापारिक स्टलसमेत छन्। मेलामा बालबालिकाहरूको पनि उल्लेख्य सहभागिता छ। महोत्सवमा जीवन शर्मा, बद्री पंगेनी आदिको प्रस्तुतिले दर्शकहरूलाई नचाएको थियो।