साप्ताहिक संवाददाता
उत्कृष्ट चलचित्रको विधामा होस्टल, काली, रिदम, छ एकान छ तथा मायाज बारबीच प्रतिस्पर्धा छ। उत्कृष्ट निर्देशकको विधामा 'रिदम' बाट विकास आचार्य, 'लंका' बाट श्याम भट्टराई, 'झोले' बाट दीपेन्द्र के खनाल, 'काली' बाट सबीर श्रेष्ठ तथा 'छ एकान छ' बाट दिनेश डिसी प्रतिस्पर्धामा छन्। नव-निर्देशकको विधामा 'आई एम सरी' का दिनेश राउत, 'होस्टेल' का हेमराज बिसी, 'साँघुरो' का जोयस पाण्डे, 'मोक्ष' का प्रवीण श्रेष्ठ तथा 'झेली' का कमल दाहाल छन्।
नव-नायकको विधामा मोक्षका कोसिस क्षेत्री, ब्ल्याकनाइटका सुरज चिलुवाल, रिदमका सोहित मानन्धर, नोटबुकका सेन सापकोटा तथा होस्टेलका अनमोल केसी मनोनीत छन्। नव-नायिकाको विधामा 'मेरो मनको साथी' बाट जस्मिन श्रेष्ठ, 'झेली' बाट सुरबीना कार्की, 'रिदम' बाट निश्मा घिमिरे, 'होस्टेल' बाट प्रकृति श्रेष्ठ तथा 'युज' बाट सीमा केसीबीच प्रतिस्पर्धा हुनेछ। खलनायकको विधामा छ एकान छका राजबल्लभ कोइराला, लभ फरएभरका शंकर आचार्य, मुटुका मुकेश आचार्य, रावणका कमल कृष्ण तथा कालीका ध्रुव कोइराला मनोनीत छन्।
वरिष्ठ चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरिने यो समारोहमा 'खराब चलचित्र' विधामा समेत एवार्ड प्रदान गरिनेछ।