नयाँ वर्षको सन्दर्भ पारी तनहुँको बन्दीपुरसहितका बस्तीहरूमा चारवटा मेला र महोत्सव हुने भएका छन्। बन्दीपुर सामाजिक विकास समिति काठमाडौंको अगुवाइमा बन्दीपुरको टुँडिखेलमा चैत २९ गतेदेखि ५ दिनसम्म पाँचौं बन्दीपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलन, तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार एकाइको अगुवाईमा खैरेनीटार बजारमा १२ दिनसम्म छैटौं खैरेनीटार महोत्सव, क्षेत्रीय होटल संघ तनहुँको अगुवाइमा चैत ३० गतेदेखि २ दिनसम्म सदरमुकाम दमौलीमा सडक महोत्सव, मिर्लुङ्ग गाविस स्थित मिर्लुङकोट ठुलोढुंङ्गा बजार संरक्षण समाजको अगुवाइमा ८ दिनसम्म ठुलोढुङ्गा बजार तथा चैते दसैं मेला र व्यास नगरपालिकामा छाङ्गाबाराही मेला हुने भएको छ। उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष देवकुमार श्रेष्ठका अनुसार ती मेला-महोत्सवमा स्थानीय कृषि उपजले प्राथमिकता पाउनेछन्।