साप्ताहिक संवाददाता
लेखन यात्रा नै पहिलो भन्नुपर्छ। मेरो लेखनयात्रा ९-१० कक्षामा पढ्दादेखि नै सुरु भएको हो।
प्रेमविवाह, मागी विवाह कि भागी?
पहिले मागी, त्यसपछि प्रेम।
तपाईंका कथा विशेष गरेर प्रेमसँग सम्बन्धित हुन्छन्। त्यसमा पनि बिछोडको गन्ध आउँछ किन?
नेपाली साहित्यमा प्रेम कथा त्यति लेखिएको देखिँदैन। मैले पनि प्रेमप्रसंग भएका कथा त्यति लेखेजस्तो लाग्दैन। जहाँसम्म मलाई नारीले पत्याए-पत्याएनन् भन्ने कुरा छ, पत्याउन त पत्याए, तर आफूले नै त्यतातिर ध्यान दिन जानिएन।
राम्री नारी देख्दा के हुन्छ?
सुन्दरता सबैलाई प्रिय लाग्छ। राम्री नारी देख्दा मुसुक्क हाँसिदेओस् जस्तो लाग्छ।
त्यसो भए तपाईं सधैं सन्तापमा मात्र बस्नु हुन्छ भन्ने बुझ्नुपर्यो होइन?
त्यस्तो पनि होइन।
प्रेम र जीवनबीचको सम्बन्ध कस्तो हुनुपर्छ?
जीवनमा प्रेम अनिवार्य छ। अहिलेको यो स्वार्थपूर्ण समाजमा त प्रेम अति नै अनिवार्य छ।
हनिमुन कहाँ र कहिले मनाउनुभयो?
हनिमुन दुई स्थानमा मनाइयो- नेपालको स्वर्ग पोखरा र भारतको दार्जीलिङमा। विवाहपछि दम्पती एक-अर्कासँग नजिक हुन हनिमुन जानुपर्ने हुन्छ, तर हामी अभावमा बाँचेका नेपालीहरूसँग हनिमुन जान सक्ने क्षमता नै कति छ र?
पहिलो चुम्बन सम्झना छ? कसलाई गर्नुभो? भाउजूलाई कि अरू कसैलाई?
सम्झना छ। भाउजूलाई होइन, श्रीमतीलाई। मेरो दाइ नभएकाले भाउजू पनि छैनन्।
सेक्स र जीवनबीच के सम्बन्ध छ?
सेक्स जीवनमा अनिवार्य र सबैलाई प्रिय लाग्ने वस्तु हो। निश्चय पनि लेखकलाई पनि त्यो प्रिय लाग्छ। हाम्रा रचनाहरूमा यसको थोर-बहुत प्रयोग हुन्छ। एउटा थ्रिल छ यो शब्दमा।