'कला र संगीतको संरक्षण हाम्रो अभियान' नारासहित धरान संगीत प्रतिष्ठानले गत शनिबार धरान संगीत साँझ-२०७१ सम्पन्न गरेको छ। कार्यक्रममा दीप श्रेष्ठ, सबिन राई, अन्जु राईसँगै पवन राई, मनोज मोते, प्रकृति थुलुङ, आउटसाइडर ब्यान्ड आदिले गीत प्रस्तुत गरेका थिए। धरानबाट सांगीतिक यात्रा प्रारम्भ गरेका संगीतकर्मीहरूको संगठनका रूपमा स्थापित प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा सबिन राई र दीप श्रेष्ठले आफ्ना चर्चित गीतहरू गाएका थिए।