साप्ताहिक संवाददाता
एवार्डको सर्वोत्कृष्ट पप गायन विधामा अञ्जना गुरुङ (खुट्टैमा पायल छ), माण्डवी त्रिपाठी (फूल झैं), सहिमा श्रेष्ठ (मस्ती गरौं), सुनिल गिरी (पिपलु हौ तिमी) तथा सुरज श्रेष्ठ (मुद्दा हालिदिन्छु) मनोनीत छन्। पप संगीत विधामा अञ्जना गुरुङ, गैरे सुरेश, दिपक शर्मा, राजु सिंह तथा विसन मानन्धरबीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट पाश्र्व गायिकातर्फ अन्जु पन्त (हो यही हो माया), दुर्गा परियार (महसुस), पुष्पा गुरुङ (मञ्जरी), मिलन अमात्य (नोटबुक) तथा बिन्दु परियार (अपि्रल फूल) मनोनीत छन् भने पाश्र्व गायकतर्फ टंक बुढाथोकी -जन्जिर), प्रहलाद तिमिल्सिना (नोटबुक), सन्तोष रुचाल (अपि्रल फूल), सनुप पौडेल (मञ्जरी) तथा शिव परियार (बिन्दास-२) मनोनीत छन्। चलचित्रतर्फ सर्वोत्कृष्ट संगीतकारको विधामा अर्जुन पोखरेल (बिन्दास-२), कालीप्रसाद बासकोटा (मञ्जरी), टंक बुढाथोकी (जन्जिर), महेश खड्का (महसुस) तथा बसन्त सापकोटा (नोटबुक) मनोनित छन्।
सर्वोत्कृष्ट युगल गायनतर्फ ईश्वर पोखरेल र अन्जु पन्त (मैले झैं), दीपक लिम्बु र अन्जु पन्त (सागरभन्दा गहिरो), राजेशपायल राई र सहिमा श्रेष्ठ -यो संसार भनेको), रामभक्त र ईतु जोजिजू (कुनै बाटोमा) तथा सुमित खड्का र माण्डवी त्रिपाठी (मैले तिमीलाई) मनोनीत छन्। सर्वोत्कृष्ट सुगम संगीत गायिकाको विधामा अञ्जना गुरुङ (तिम्लाई भुल्न), अन्जु पन्त (कहिले मिलन), काव्य आचार्य (तिम्लाई आफ्नो), रजिना रिमाल (पहिलो माया) तथा रिमा गुरुङ होडा (जिन्दगी यो आंसु) मनोनीत भएका छन् भने सर्वोत्कृष्ट सुगम गायकतर्फ कन्हैया सिंह (मुटुमा पीडा), प्रमोद खरेल (छुट्टिएर तिमीसँग), शिव परियार (तिम्रे खुसीका लागि), शिशिर योगी (बढेसकालको माया) तथा स्वरूपराज आचार्य -तिम्रो आँचल) बीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट सुगम संगीतकारतर्फ दिपक शर्मा, रमेशराज भट्टराई, राजशुक्र लिम्बु, शक्ति बल्लभ तथा शम्भुजित बाँसकोटाबीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट सुगम एल्बमको विधामा आलाप-२ (कन्हैया सिंह), जित (जानकी पन्थ), द पेन एण्ड देवेन -देवेन गिरी, तिम्रो आँचल (अशोक कर्ण) तथा सत्यता (गोविन्दप्रसाद उपाध्याय) बीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन (सुगम संगीत) तर्फ विदुर खतिवडा, सुदिप बराल, सुव्रत आचार्य, समन अधिकारी तथा सुरेश दर्पण पोखरेल एक-अर्कासँग भिड्दैछन्।
यसबाहेक समारोहमा सुगम संगीत गीतकार, म्युजिक भिडियोका मोडल (महिला/पुरुष), म्युजिक एरेन्जर, मिक्सिङ, नवप्रतिभा, सर्वोत्कृष्ट गजल, चलचित्र गीतकार, सर्वोत्कृष्ट राष्ट्रिय गीत, लोकदोहोरी शब्द, लोकदोहोरी भाका, लोकदोहोरी गायिका, लोकदोहोरी गायक, लोकदोहोरी नवप्रतिभा आदि विधामा पनि एवार्ड प्रदान गरिनेछ।