साप्ताहिक संवाददाता
- विश्वदीप डिसी, एलेक्स पुडासैनी, शोभा राई, सीता चोङबाङ
अन्तर्वार्ता धेरै राम्रो लाग्यो। (जहाँ छैन, त्यहीं भेटिन्छ, जेठ २) जीवनको सबैभन्दा राम्रो पक्ष भनेको मातृभूमिको सेवा र विकासमा लाग्नु नै हो। तपाईंलाई सफलताको शुभकामना।
- रविन काफ्ले, धनकुटा
समसामयिक राजनैतिक तथा बौद्धिक लेखहरूलाई स्थान दिनुपर्यो। साहित्यिक पाटोलाई समेत उचित स्थान दिए साप्ताहिक अझ राम्रो हुने थियो।
- अशोक श्रेष्ठ
नेपाली फुटबललाई निरन्तर स्थान दिनुपर्यो।
- अंकित मगर
बरु नेपाली टेलिशृंखलाकै बारेमा लेखेको भए राम्राे हुन्थ्यो कि ? (बन्द हुँदैछ बडे अच्छे लगते है, जेठ २) किन विदेशी टेलिशृंखलालाई स्थान दिनु ?
- दीपक दर्नाल
साप्ताहिकको विशेषांक पढियो, राम्रो लाग्यो। नेपाली अभिनेता एवं चलचित्रका बारेमा पनि यस्तै चर्चा चाहियो ?
- राज थापा, सुर्खेत
मनोरञ्जन, ज्ञान तथा ग्ल्यामर सबै पक्षलाई नियमित रूपमा समेट्दै जानुहोला। लगातार १९ वर्षसम्म नम्बर एक पत्रिकाका रूपमा रहन सफल भएकोमा बधाई।
- ९०५४
रमेश खरेलको जीवनशैली पढेर खुसी लाग्यो। उहाँजस्तै आम प्रहरी प्रशासन पनि सक्रिय हुनुपर्यो। जागिर खाएर मात्र भएन, आफ्नो कर्तव्य र जिम्मेवारी पनि निर्वाह गर्नुपर्यो।
- केबी लिम्बू, तायमा चाम्लिङ
नयाँ कुरा थाहा पाइयो। (ऐतिहासिक स्थल ः केचनाकलन, जेठ २) अन्य ऐतिहासिक स्थलका बारेमा पनि जानकारी दिँदै जानुहोला।
- राज मगर
जुजु धौ हराइसक्यो कि भनेको त ! होइन रहेछ। (जुजु धौ, जेठ २) साप्ताहिक पढेपछि अझ प्रस्ट भइयो।
- सुजाता थापा
फेसन कलेजहरू थपिनु राम्रो हो। (फेसन कलेजको लहर, जेठ २) यो त सकारात्मक लहर हो।
- भावना काफ्ले
इलामको मिर्मिरे डाँडा साँच्चिकै रमाइलो छ। (मिर्मिरे डाँडा, जेठ २) यो एकपटक घुम्नैपर्ने पर्यटकीय स्थल हो।
- अनिता प्रधान