रियालिटी शो 'बिग बोस' मार्फत बलिउड प्रवेश गर्ने पोर्न स्टार सनी लियोनलाई दर्शकले अब भिडियो जक्कीका रूपमा देख्न पाउने छन्। सनी एमटिभीको लोकप्रिय कार्यक्रम 'स्पलिट्स भिल्ला' मा अनुबन्धित भएकी छिन्। कार्यक्रममा अनुबन्धित भएलगत्तै सनीले कार्यक्रममा आफू निखिल चिनप्पासँगै भिजेका रूपमा प्रस्तुत हुने बताएकी छिन्। यसअघि यो कार्यक्रम बलिउड नायिका शर्लिन चोपडाले सञ्चालन गरेकी थिइन्। सनीका अनुसार यो कार्यक्रम युवापुस्ताप्रति लक्षित भएकाले नै उनी त्यसमा सहभागी भएकी हुन्। सनीले आफ्नो सहभागिताले कार्यक्रमका साथै आफूलाई पनि फाइदा मिल्ने अपेक्षा गरेकी छिन्।सेलिब्रेटी विवाह
अन्तत: अमेरिकी रियालिटी स्टार किम कार्दशियन तथा उनका संगीतकर्मीप्रेमि केन्ये वेस्ट वैवाहिक जीवनमा बाँधिएका छन्। ३३ वर्षीया किम एवं ३७ वर्षीय र्यापर वेस्टले गत शनिबार फ्लोरेन्स सहरमा विवाह गरेका हुन्। विवाहपछि यो जोडीले एउटा कन्फिडेन्सियल म्यारिज लाइसेन्ससमेत जारी गरेका छन्। यो जोडी लामो समयदेखि डेटिङमा थियो। यसक्रममा गत वर्ष उनीहरूले पहिलो सन्तानका रूपमा छोरीसमेत जन्माइसकेका छन्। यो गायक वेस्टको पहिलो विवाह हो भने किमको तेस्रो।