बूढाथोकीले नागबेली तरिकाले जुँगा पालेका छन्। कामको सिलसिलामा बैंकमा आएका भण्डारीले बूढाथोकीको जुँगा देखेपछि रमाइलो मान्दै तलब दिने घोषणा गरेका थिए्। 'निकै मेहनतका साथ जुँगा बनाएको देखें,' भण्डारीले भने, 'जुँगाको सम्भार गर्न समय र खर्च लाग्ने कुरा बुझेपछि जुँगाकै सम्भारका लागि भनेर नियमित तलब दिने निर्णय गरेको हुँ।' 'जुँगाको सम्भार गर्न पनि मेहनत र समय लाग्छ। यस्ता मानिसलाई प्रोत्साहित गर्नुपर्छ,' भण्डारीले भने।
नेपाली सेनाका जागिरे बुढाथोकी २०५७ सालमा निवृत्त भएका हुन्। उनले सेनामा जागिरे हुँदा पनि जुँगाबापत तलब पाएको बताए। उनलाई पल्टनमा सबैले 'जुँगे हवल्दार' का नामले चिन्थे। जागिर छोडेपछि घरको कामले उनले जुँगाको सम्भार गर्न पाएनन्। '२०६२ सालदेखि बैंकमा जागिरे भएपछि फेरि जुँगा पाल्न थाले,' बुढाथोकीले भने, 'जुँगा घुमाएर नागबेली बनाउन निकै समय लाग्छ। सम्भार गर्न नै कठिन हुन्छ।