सन् २०१२ मा कोलोराडोमा सम्पन्न मिस टिन कोलोराडोमा फस्ट रनर्सअपको उपाधि हात पारेकी क्रिष्टि अल्थुस अश्लील चलचित्रतर्फ आकषिर्त भएपछि उनको उपाधि खोसिएको छ। मिस युनिभर्सको आयोजक डोनाल्ड ट्रम्प कम्पनीले नै सञ्चालन गर्ने मिस टिन युएसएमा सफलता प्राप्त गरेपछि क्रिष्टि १८ वर्षको उमेर नपुगुन्जेल कुरेर बसेकी थिइन्। १८ वर्षमा प्रवेश गरेपछि उनले इन्टरनेटमार्फत् बिक्री गर्न मिल्ने सेक्स भिडियो उत्पादन गरिन्। उनको उक्त कार्यपछि ट्रम्प कम्पनीले चेतावनी दियो। त्यसका बाबजुद पनि उनले अर्को भिडियो बिक्रीमा राखेपछि कम्पनीले क्रिष्टिले जितेको उपाधि खोसेको छ भने उनको नाम आफ्नो आधिकारिक वेबसाइटबाट झिकिएको छ। त्यसका अतिरिक्त साइटबाट उक्त प्रतियोगिताको भिडियो फुटेजसमेत हटाइएको छ।