साप्ताहिक संवाददाता
मा.
तपाईंले आफ्नो समस्या र सोच खुलस्त रूपमा राख्नुभएका छ। तपाईंले उल्लेख गरेजस्तो समस्या सबै पुरुषमा हुँदैन। थोरै पुरुषमा मात्र केही समयपछि यौनमा अरुचि हुने देखिन्छ। अनुसन्धानमा पनि केही व्यक्तिले एउटै यौनसाथीसँग वर्षौंसम्म उत्तिकै र उस्तै खालको यौनचाहना भएको बताएका छन्। उनीहरू एउटै यौनसाथीसँग यौनसम्पर्क गर्दा मात्र धेरै आनन्द हुने बताउँछन्। मानव यौनिकतामा विविधता छन्। हरेक व्यक्तिको यौनचाहना फरक-फरक हुन्छ। यस्तै प्रकारको समस्याका बारेमा विल्सन नामक मनोविज्ञले सन् १९८१ मा पुरुषमा हुने यौनचाहनाका बारेमा अनुसन्धान गरेका थिए। पुरुषमा नयाँ यौनसाथीसँगको यौनसम्पर्कमा जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँगको यौन सम्पर्कमा नआएको पाइयो। महिलामा पनि अनुसन्धान गरियो तर महिलामा त्यस्तो समस्या निकै कम भएको पाइयो। यसको अर्थ के लगाउन सकिन्छ भने पुरुषहरू महिलाको तुलनामा नयाँ-नयाँ यौनसाथीको खोजी गर्छन् तर महिलाहरू एउटै यौनसाथीमा चित्त बुझाउँछन्।
अब तपाईंको जिज्ञासातर्फ लागौं। तपाईं आफ्नो श्रीमान्ले आफूलाई माया गर्नुहुन्छ कि हुन्न भन्ने कुरामा शंसकित हुनुहुन्छ। यो समस्याको अनुभूति तपाईं अधिकांश समय गर्नुहुन्छ भने त्यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आर.ओ.सी.डी) भनिन्छ। जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार (आर.ओ.सी.डी) कुनै एक यौनसाथीमा छ भने त्यसको सीधै असर यौन एवं वैवाहिक सम्बन्धमा पर्छ। तपाईंले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ।
तपाईंहरू आफैंले हाम्रा समस्या के हुन् भनेर खोज्ने हो भने समाधान गर्न सक्ने केही विधि छन्। तपाईंहरू दुवैले नयाँ यौनसम्पर्कका विधिसम्बन्धी छलफल अनि प्रयोग गर्न सक्नुहुन्छ। संसारमा केही यस्ता अनुसन्धान पनि भएका थिए, जसले यौनमा सुखी जोडीहरूको खोजी गरेको थियो। ती सुखी जोडीले अर्कासँग लामो वैवाहिक जीवनमा पनि यौनसम्पर्कमा उस्तै सन्तुष्टि भएको बताएका थिए। आखिर उनीहरूबीच यौनमा सुखी हुने त्यस्तो के सूत्र थियो भनेर खोज्दा थाहा भयो, उनीहरू सधैं यौनमा नयाँ-नयाँ विधिको प्रयोगमा रुचि लिन्थे। जस्तो, सेक्स टोयको प्रयोग, मुखमैथुन, यौनमा नयाँ-नयाँ स्थानको प्रयोगजस्ता कुरामा उनीहरूको रुचि देखिएको थियो। तपाइर्ंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुन सक्छ। नयाँ अनुभवको साटासाटले नौलोपन सिर्जना गर्छ। सम्बन्धमा ल्याइएको त्यस्तो नयाँपनले मस्तिस्कमा आनन्द दिने रसायन पैदा हुन्छ र यौन इच्छामा आकर्षण थपिन्छ।
तपाईंले आफ्ना श्रीमान्सँग धेरै केटीसँगको सम्पर्कले शारीरिक एवं सामाजिक जीवनमा असर पर्न सक्ने कुरा, यौनरोगहरूको संक्रमण हुने खतराका बारेमा छलफल गर्नु आवश्यक हुन्छ, जसले पछि आउन सक्ने पश्चातापको भावनालाई रोक्न सक्छ।
तपाईंको श्रीमान्मा यौनचाहनाको तीव्रता बारम्बार आउने भएको पनि हुन सक्छ। यस्तो व्यवहार असामान्य होइन। सर्वप्रथम त उहाँमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। तपाईं र तपाईंको यौनसाथीले एक-अर्कासँगको सम्बन्ध कसरी बिताउने र आफ्नो यौनइच्छा कसरी पुरा गर्ने भन्ने विषयमा छलफल गर्न र निर्णय लिन आवश्यक छ।
माथि उल्लेखित विधिहरूले पनि काम गरेन भने तपाईंका श्रीमान्ले पनि उहाँको समस्याका बारेमा आफैंले कसरी र कुन विज्ञलाई भेट्ने हो निर्णय लिनु आवश्यक हुन्छ र तपाईंले पनि आफ्नो केही समस्या हो भने समयमै पहिचान गरी त्यसलाई सुल्झाउनुपर्छ।