बिग एफएमले बर्सेनि सञ्चालन गर्दै आएको 'बिग आइकन'को नयाँ संस्करण असार १७ गतेदेखि प्रारम्भ भएको छ। एफएमले दिएको जानकारीअनुसार यसपटक बिग आइकनका लागि ५० जिल्लाका ८ सय १० जनाले फारम भरेका छन्। अघिल्ला वर्षको तुलनामा यसपटक गायन प्रतिभाहरूको सहभागिता अत्यधिक रहेको एफएमका अध्यक्ष महेश भण्डारीले बताएका छन्। प्रतिभा देखाउन चाहनेहरूका लागि विग आईकन देशकै उत्कृष्ट मञ्च साबित भैसकेको अध्यक्ष भण्डारीको दाबी छ।