पप गायिका मिली साइसरले आफ्नो घर पालुवा कुकुर फ्लायडप्रति आफ्नो स्नेह प्रकट गर्न आफ्नो शरीरमा कुकुरकै ट्याटु बनाएकी छिन्। गत अप्रिलमा आफ्नो कुकुरको निधन भएपछि मिली निकै चिन्तित थिइन्। अहिले आएर त्यही कुकुरको सम्झनामा उनले आफ्नो शरीर कुँदाएकी हुन्। साइसरले उक्त ट्याटुको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन्। हालै मात्र मिलीले आफ्नो घरमा नयाँ कुकुर ल्याएकी छिन् तर उनले अन्य कुनै पनि कुकुरले फ्लायडको स्थान लिन नसक्ने स्पष्ट पारेकी छिन्।