जापानकी एक महिला कलाकार कायाकमा योनिको चित्र बनाएको अभियोगमा गिरफ्तार भएकी छिन्। ४२ वर्षीया मिगुमी इगारासीले समाजमा विद्यमान लैंगिक विभेदलाई चुनौती दिन तथा जापानी समाजमा योनिप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न आफूले चलाउने कायाकमा योनिको आकृति बनाएकी थिइन्। महिलाको हकहितका लागि कार्यरत एक संस्थासमेत सञ्चालन गरिरहेकी मिगुमीले आफूले चलाउने कायकको माथिल्लो भागमा उक्त आकृति बनाएकी थिइन्। उनले आफ्नो योनिको चित्र थि्रडी प्रिन्ट गरेर कायाकमा राख्दै चन्दा संकलनसमेत गरेकी थिइन्। उनको यो अभियानका क्रममा करिब १० लाख रुपैयाँ संकलन भएको थियो। समाजमा अश्लीलता फैलाएको अभियोगमा उनलाई जापानी प्रहरीले पक्राउ गरेको हो। यदि दोषी ठहर भए इगारासीलाई २ वर्षको जेल सजाय हुनुका साथै करिब २५ लाख रुपैयाँ जरिवनासमेत हुनसक्छ।