साप्ताहिक संवाददाता
'शिव' सर्वोत्कृष्ट अभिनेतामा मौनबाट अर्पण थापा, महसुसबाट आर्यन सिग्देल, झोलेबाट दयाहाङ राई, ऋतुबाट राजवल्लभ कोइराला र उमाबाट सौगात मल्ल मनोनयनमा परेका छन् भने 'भुवन' सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि झोलाबाट गरिमा पन्त, महसुसबाट केकी अधिकारी, ६ एकान ६ बाट नीता ढुङ्गाना, झोलेबाट प्रियंका कार्की र कालीबाट रेखा थापाबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै 'नीर' सर्वोत्कृष्ट सहअभिनेताका लागि ६ एकान ६ बाट केदार घिमिरे, मधुमासबाट मनोज आरसी, ६ एकान ६ बाट राज वल्लभ कोइराला, राजनीतिबाट रमेश बुढाथोकी र प्रोड्युसरबाट विल्सनविक्रम राई मनोनयनमा छन्। 'बसुन्धरा' सर्वोत्कृष्ट सहअभिनेत्रीमा किन किनबाट करिश्मा मानन्धर, झोलाबाट लक्ष्मी गिरी, पराईबाट नन्दिता केसी, ऋतुबाट रिमा विश्वकर्मा र शिरीषको फूलबाट सौजन्य सुब्बा मनोनीत भएका छन्।
'विश्व' सर्वोत्कृष्ट नवअभिनेताका लागि होस्टलबाट अनमोल केसी, मञ्जरीबाट गौरव पहारी, मोक्षबाट कोसिस क्षेत्री, होस्टलबाट नै सलोन बस्नेत र साँघुरोबाट शुशांक मैनालीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै 'चैत्य' सर्वोत्कृष्ट नवअभिनेत्रीका लागि ब्रह्माबाट एन्नि कुँवर, राजनीतिबाट कोमल वली, ऋतुबाट मलिना जोशी, होस्टलबाट प्रकृति श्रेष्ठ र मञ्जरीबाट सुजाता कोइराला मनोनयनमा छन्।
'चेतन' सर्वोत्कृष्ट पटकथा लेखनतर्फ मौनबाट अर्पण थापा, नाइँ न भन्नु ल-२ बाट बिकास आचार्य, होस्टलबाट हेमराज बीसी, महसुसबाट नवल नेपाल र पराईबाट शिवम अधिकारी मनोनयनमा परेका छन् भने 'तुलसी' सर्वोत्कृष्ट सम्पादकका लागि अन्तरालबाट असिम चित्रकार र बुद्धरत्न महर्जन, महसुसबाट बद्री लामिछाने, कालीबाट बनिष शाह र अर्जुन जीसी, मोक्षबाट प्रविण श्रेष्ठ र होस्टलबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन्।
यस्तै 'मञ्जु' सर्वोत्कृष्ट छायाँकारको विधामा झोलाबाट दीपक बज्रचार्य, होस्टलबाट हरि हुमागाईं, बितेका पलबाट हरि लामा, नाइँ न भन्नु ल-२ बाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन्। 'भुटानी' सर्वोत्कृष्ट द्वन्द्व निर्देशकका लागि वारबाट हिमाल केसी, लभस्टोरी २०६६ बाट एनबी महर्जन, नथिङ इम्पोसिवलबाट राजेन्द्र खड्गी, योद्धाबाट रामजनक र कालीबाट रोशन श्रेष्ठ मनोनयन परेका छन्। 'वसन्त' सर्वोत्कृष्ट नृत्य निर्देशकको मनोनयनमा दबाबको ४२० को झड्का बाट गम्भीर विष्ट, किन किनको तिमी बिनाबाट गोविन्द राई, कालीको सलोली स्लोलीबाट कविराज गहतराज, झोलेको तिमी नै मेरोबाट रेनशा राई र वितेका पलको जव साँझले बाट शंकर बिसी छन्।
'उदित' सर्वोत्कृष्ट पाश्र्वगायकको विधामा मधुमासको आँटिसक्यो गीतबाट अञ्जु पन्त, नाइँ न भन्नु ल-२ को यी आँखामाबाट प्रेम परियार, झोलेको तिमी नै मेरो बाट राजेश पायल राई, बिन्दास-२ को सुन्छु तिमीलेबाट शिव परियार र नाइँ न भन्नु ल-२ को मर्ने कसैलाईबाट स्वरूपराज आचार्य मनोनयनमा परेका छन्। यस्तै 'शुभ' सर्वोत्कृष्ट पाश्र्व संगीततर्फ अन्तरालबाट आशिष चित्रकार, ६ एकान ६ बाट एलिस कार्की, शिरीषको फूलबाट दिनेश सुनाम, मनले मनलाई छुन्छबाट महाराज थापा र मोक्षबाट सुजिल कर्मचार्य मनोनयनमा परेका छन्।
'शम्भु' सर्वोत्कृष्ट सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कारका लागि नाइँ न भन्नु ल-२ को यी आाखामा गीतबाट वसन्त सापकोटा, बिन्दास-२ को सुन्छु तिमीलेबाट अर्जुन पोखरेल, महशुशको दिल चुप छबाट सुरेश अधिकारी, किन-किनको किन-किनबाट महेश खड्का र मञ्जरीको आज मनकै कुराबाट कालीप्रसाद बाँसकोटा बीच प्रतिस्पर्धा हुनेछ।