• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उनीसँगको यौनसम्बन्ध सहज छैन।
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

उनीसँगको यौनसम्बन्ध सहज छैन।
श्रावण ३०, २०७१
म ४२ वर्षको भएँ। विवाह भएको १० वर्ष भयो। आफ्नी श्रीमतीसँग सामाजिक सम्बन्ध सहज छ, तर उनीसँगको यौनसम्बन्ध सहज छैन। किन हो, उनीसँगको यौनसम्बन्धमा मलाई कुनै इच्छा हुँदैन। यही कारणले मेरो एक जना महिलासँग आपसी सहमतिमा यौनसम्बन्ध रहँदै आएको छ। मेरो समस्या ती  महिलालाई थाहा छ र उनी पनि एक्लै भएकाले हामीले अति गोप्य रूपमा त्यस्तो सम्बन्धलाई सहज रूपमा अघि बढाउँदै आएका छौं। यद्यपि मलाई यो सम्बन्ध धेरै समयसम्म रहँदा श्रीमतीसँगको सम्बन्ध अझ बिग्रन सक्छ भन्ने डर लाग्छ। मलाई किन यस्तो भएको होला ? श्रीमतीसँगको यौनसम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ ?

एच

तपाईंको यो प्रश्न पढेपछि तपाईंमा समयअनुसार यौनचाहना कम हुँदै गएको हो वा पहिलेदेखिनै कम थियो भन्ने कुरा अझ विस्तृत रूपमा बुझनु आवश्यक हुन्छ। यदि समयअनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ। किनभने यस्ता समस्याका स्रोत अनेकन् हुन सक्छन्। अहिले तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ। प्रश्न पढ्दा एक-अर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी आउन थालेको अनुमान गर्न सकिन्छ। एक-अर्काप्रतिको आकर्षणमा कमी आएको हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत धेरै हुन सक्छन्। तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस दुई दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन्, तर प्रेमपूर्ण संवाद, एक-अर्काप्रति व्यक्त गरिने आदर, सम्म्ाान एवं यौनसम्बन्धलाई त्यति महत्त्व दिएको पाइँदैन। एक-अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ। त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ।

यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो। चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने कुरामा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। विवाहपछिको यौनसम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन्, ती अध्ययनअनुसार लगभग ८० प्रतिशत विवाहको दुईदेखि तीन वर्षको अवधिसम्म भनेको एक-अर्काप्रतिको आर्कषण, रमाइलोपन कायम रहने अवस्था हो। त्यसकारण तपाईंमा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंले श्रीमतीलाई दोष लगाउन थाल्नुभयो भने थप समस्या सिर्जना हुन सक्छ र तपाइर्ंहरूको सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नी श्रीमतीसँगको सम्बन्ध जीवनभर चाहने हो भने आफू र श्रीमतीको यौन ईच्छाप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीचको यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुबि्रकेन्ट्स प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। एक-अर्काको शरीरलाई बाहिरबाट हरेक दिन नजिकबाट नियाल्नु, प्रशंसा गर्नु पनि राम्रो उपाय हो।

हरेक व्यक्तिले बुझ्नैपर्ने कुरा के हो भने उनीहरूले आफूलाई समयअनुसार समायोजन गर्दै लगेका छन् कि छैनन् ? मैले पहिले पनि भन्ने गरेको छु, यौन सम्पर्क मात्र महत्त्वपूर्ण होइन। यससंग जोडिएका धेरै पक्ष छन। टचिङ, किसिङ, सेन्सिङ, मायामोह-भावना साटासाट आदि कुरा पनि यौन सम्पर्कका अभिन्न पक्षहरू हुन। यौन सम्पर्कको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ। यौनजीवनलाई आनन्दित बनाउनु, लाइट मुडमा रहनु, एक-अर्कालाई अझ बढी माया गर्नु, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राख्नु, आधुनिक बन्दै जानु, नयाँ-नयाँ सोच-विचार ल्याउनु तथा छलफल गर्नु, यौन सम्पर्कका कुरा गर्नु, रमाइलो कल्पना गर्नु, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जक ठाउँमा जानु, धेरै लजालु नबन्नु र इमान्दार रहनु यौनजीवन फलदायी राख्ने उपयुक्त उपाय हुन्।

आफ्नी श्रीमतीबाहेक अरूसँगको सम्बन्धले तपाईंमा डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ। यस्तो भावनाले तपाईंहरूबीचको यौनसम्बन्धमा मात्र होइन, तपाईंको दैनिक क्रियाकलापमा पनि असर पर्न थाल्छ, तसर्थ त्यसको निवारण छिटोभन्दा छिटो हुनु बेस हुन्छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik