दिवंगत गायक माइकल ज्याक्सनका प्रशंसकहरूका लागि एउटा सुखद समाचार छ। टि्वटरमार्फत माइकलको नयाँ म्युजिक भिडियो प्रिमियर गरिएको छ। ज्याक्सनको टि्वटर एकाउन्टले 'अ प्लेस विद नो होम' शीर्षकको एउटा छोटो भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियो टि्वटर प्रयोगकर्ताहरूका लागि केही समय मात्र उपलब्ध हुनेछ। टि्वटरका प्रवक्ता शेवन चाल्र्सका अनुसार अमेरिकामा टि्वटरमा संगीत नै सबैभन्दा बढी चर्चाको विषय भएकाले ज्याक्सनको भिडियोलाई पहिलो अवसर प्रदान गरिएको हो।