भाद्र ६, २०७१
पोखरा
यो नाचलाई धार्मिक परम्परा र व्यंग्यात्मक रूपमा लिइन्छ। महिलाका पहिरन दुपट्टा, तास, ढाका र चोलोहरू डोकोमा बेरी गाईको पूजा गर्दै बजार परिक्रमा गरिने यो नृत्यलाई तायामचा भनिन्छ। पछि यसलाई पोखरेलीहरूले परिस्कृत गर्दै परी नाचका रूपमा विकास गरेका हुन।
तायमचालाई प्रतिस्पर्धाका रूपमा उतारिएपछि नयाँ पुस्ताले पनि त्यसका बारेमा जानकारी पाएका छन्। यो नृत्यमा बालबालिकादेखि बूढाबूढीहरूसम्म संलग्न हुने गरेका छन्। भीमसेन टोल सुधार समितिको आयोजनामा सम्पन्न यो वर्षको प्रतियोगितामा मालेपाटन तायमचा नाच पहिलो भएको थियो भने १९ वटा टोलबीच सञ्चालित प्रतियोगितामा तेर्सापट्टी दोस्रो तथा मोहोरिया टोल तेस्रो घोषित भए। कार्यक्रममा चर्चित ब्यान्ड डिमोर्चाका भाष्करध्वज श्रेष्ठले आफना चर्चित गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।