पोखरामा सम्पन्न मिसेस तीज-२०७१ को उपाधि गंगा मल्लले जितेकी छिन्। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा सञ्चालित उक्त प्रतिस्पर्धामा मल्लले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। मालेपाटन, पोखराकी मल्ल व्यवस्थापन संकायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छिन्। उक्त अवसरमा मिरा पोखरेल फस्ट रनर्सअप तथा सरिता पहारी सेकेन्ड रनर्सअप घोषित भए। छैटौं संस्करणको प्रतियोगितामा दर्शक छनौटको पुरस्कार देवी गुरुङले प्राप्त गरिन्। मस्ट ट्यालेन्टको उपाधि भने प्रतीक्षा गुरुङले हासिल गरिन्। प्रतियोगितामा १८ देखि ३८ वर्षसम्मका १५ जना महिला सहभागी थिए।