९ देखि १५ वर्ष उमेर समूहका स्कुल अध्ययनरत बालिकाहरूमा केन्दि्रत 'लिटिल मिस वल्र्ड नेपाल' को चौथो संस्करणका लागि प्रारम्भिक चरणको छनोटमा २९ विद्यालयमा अध्ययनरत ३५ जना छात्रा अन्तिम प्रतियोगिताका लागि चयन भएका छन्। नेप्लिज काउन्सिलको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिताका सहभागीहरूले नेपाल इन्स्िटच्युट अफ फेसन, निफका डिजाइनरहरूले तयार पारेका पहिरनमा सजिएर अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रस्तुति दिनेछन्। यो प्रतियोगिताकी उपाधि विजेताले असोज १२ देखि १८ गतेसम्म टर्कीको अन्टालियामा सञ्चालन हुने १४ औं लिटल मिस वल्र्ड-२०१४ मा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्। लिटिल मिस वल्र्ड नेपाल-२०१४ को अन्तिम प्रतिस्पर्धा भदौ २९ गते हुनेछ।