र्यापर यो यो हनी सिंह अचेल सानो पर्दामा समेत लोकप्रिय भैरहेका छन्। उनी यतिबेला गायनमा आधारित रियालिटी शो 'इन्डियाज र स्टार' मार्फत दर्शकमाझ आएका छन्। उक्त कार्यक्रममा यो यो प्रतियोगीहरूको मार्गदर्शक (मेन्टर) का रूपमा प्रस्तुत हुन्छन्। गत भदौ २४ गते प्रारम्भ भएको यो कार्यक्रम प्रत्येक आईतबार साँझ ७ः१५ बजे स्टार प्लसबाट प्रसारण हुन्छ। यो कार्यक्रमको पहिलो श्रृंखला १४ भागको हुनेछ। युवापुस्ताका गायक-गायिकाहरूले सहभागिता जनाउने यो कार्यक्रमले युवापुस्ताकै दर्शकको मन जितिरहेको छ। गौहर खानले सञ्चालन गर्ने यो कार्यक्रममा हनि सिंहले निणर्ायकको समेत भूमिका निर्वाह गरेका छन्। प्रत्येक दुई सातामा एक जना प्रतियोगी बाहिरिने यो कार्यक्रमको निर्णायक चरणमा तीनदेखि चार जना प्रतिस्पर्धी सहभागी हुने कार्यक्रमका निमर्ाताले जनाएका छन्। एक्ली भइन् मारिया
गायिका मारिया केर तथा गायक निक क्यानोनबीचको वैवाहिक जीवन टुंगिएको छ। विगत ६ वर्षदेखि श्रीमान्-श्रीमतीका रूपमा रहँदै आएको यो सांगीतिक जोडी अघिल्लो साता टुक्रिएको हो। यी दुवै फरक-फरक बाटो समात्ने निर्णयसँगै केही समय अघिदेखि नै अलग-अलग बस्दै आएका थिए। लामो समयदेखि दुवैबीच गम्भीर मतभेद रहेको बताइन्छ। औपचारिक रूपमा डिभोर्स हुनुअघि मारियाले योसम्बन्ध टुक्रिनुमा श्रीमान् निक दोषी रहेको बताएकी छिन्। ३३ वर्षीया निक परस्त्रीतर्फ आकषिर्त हुन थालेपछि ४४ वर्षीया केरले अलग हुने निर्णय गरेकी हुन्। उनीहरूका दुई सन्तान छन्।