साप्ताहिक संवाददाता
- ईश्वर काफ्ले
अवश्य छु, सामाजिक व्यक्ति भएपछि समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने हामीलाई लाइरा'छ। कलाकारले समाजलाई पनि केही न केही योगदान गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ छ है।
तपाईं राष्ट्रपति बन्नुभयो के गर्नुहुन्छ?
- रूपक दाहाल
केही पनि गर्दिनँ, चुप्प लागेर बस्छु। किनभने यो राष्ट्रपति भन्ने पद केही गर्नुपर्ने पद होइन। यदि केही न केही गर्नैपर्ने भयो भनेचाहिँ यो प्रश्न पठाएबापत तपाईलाई प्रधानमन्त्री बनाउँछु। म राष्ट्रपति हुनु भनेको तपाईं प्रधानमन्त्री हुनु हो। ढुक्क भएर बस्नुस्।
अहिलेसम्म कतिवटा देश घुम्नुभयो? सबैभन्दा रमाइलो कुन देश लाग्यो?
- बद्री जेठारा
२५-३० वटा देश घुमें होला। सबै देश राम्रा छन्। सबैको आ-आफ्नै विशेषता छ। त्यसमध्येमा अस्ट्रेलिया, रूस र हङकङ मन पर्यो।
आफ्नो जिन्दगीलाई कसरी लिनुहुन्छ?
- सुजन अधिकारी
आफ्नो जिन्दगी देखेर आफैं दंग पर्छु। म मेरो जिन्दगीलाई सहज रूपमा लिन्छु। दुःखमा नआत्तिने, सुखमा नमातिने।
यो मुन्द्रे नामचैं कसले जुरायो?
- विनोद खतिवडा
म आफैंले जुराएको हो। यसको पण्डित म स्वयं हुँ। कान मेरै, मुन्द्रा मेरै, नाम मेरै, आइडिया नि मेरो।
जिरे खुर्सानीको लोकप्रियता घटेको हो कि बढेको हो ?
- विधान भट्टराई
आफैले निर्देशन तथा अभिनय गरेको यो हास्य श्रृंखलाले जबसम्म तपाईंहरूजस्ता कलाकार पाइरहन्छ, तबसम्म यसको लोकप्रियता कसरी घट्छ ?