साप्ताहिक संवाददाता
आश्विन ३, २०७१
लोकप्रिय साकिरा
आकर्षक शारीरिक सौन्दर्य एवं उत्कृष्ट गायन क्षमताकी संगम साकिराको लोभलाग्दो नृत्यको पनि उत्तिकै सराहना गरिन्छ। गर्भवती साकिराले अहिले फेसबुकमा १० करोड २९ लाखभन्दा बढी फ्यानफलोअर बनाएर आफूलाई विश्वभरकै सबैभन्दा लोकप्रिय सेलिब्रेटीका रूपमा उभ्याएकी छिन्। साकिरा अमेरिकी गायिका रिहान्नालाई उछिन्दै अघि बढेकी हुन्। साकिराका अतिरिक्त रिहान्नालाई पछि पार्न स्टार फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो पनि सफल भएका छन्। 'यो सुखद उपलब्धिका लागि सोसल मिडिया खासगरी फेसबुकलाई धन्यवाद दिन चाहन्छु' साकिराले भनेकी छिन्- 'फेसबुकले हामी सेलिब्रेटीलाई प्रत्यक्ष रूपमा अडियन्ससँग जोडिदिएको छ, अहिले म शारीरिक कारणले स्टेजमा जान सकिरहेकी छैन तर पनि प्रशंसकहरूसँग नजिक रहन पाइरहेकै छु।'