संगीतमा स्नातकोत्तर गरिरहेका गायक तथा संगीतकार भीम लिम्बूले आफ्नो डेब्यु एल्बमको शीर्षक 'मिन्डिज्मा' (प्रेयसी) राखेका छन्। विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय लिम्बू कन्सर्टहरूमा व्यस्त गायक हुन्। दसैंपछि बजारमा आउने उक्त एल्बमका तीनवटा गीतको म्युजिक भिडियो तयार भैसकेको लिम्बूले बताएका छन्। एल्बममा कोसिस क्षेत्री, हरि लम्साल, सुदर्शन विक्रम राणा, कल्याण सिंह, किरण माइकल तथा ताराप्रकाश लिम्बूद्वारा संगीतबद्ध गीतहरू समावेश छन्। नयाँ सर्जक
पहिलो गीतबाटै स्थापित गायकको परिचय बनाउने तरखरमा छन्, गायक एवं संगीतकार राजन शिवाकोटी। शिवाकोटीको 'नजाऊ नजाऊ भन्दाभन्दै' शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि एकाएक चर्चामा आएका हुन्। मोहित मुनालको संगीत संयोजन रहेको यो गीतको भिडियो निर्देशन संगीता श्रेष्ठले गरेकी हुन्।