साप्ताहिक संवाददाता
- पेशल खड्का, ओखलढुंगा
प्रियंकालाई अनुभवले होला यति कट्टर बनाएको । (म आँखामा राख्दा पनि नबिझाउने केटी, असोज १०) उनी मनमा लागेको कुरा बोलिहाल्छिन्, लुकाउने बानी छैन ।
- पीआर थापा, काभ्रे
राजेश हमाल जोक्स पढ्दा मज्जा आयो ।
- कमल वाइबा, नुवाकोट
बार्बिक्यु बनाउने तरिका दामी लाग्यो । (इजी बार्बिक्यु, असोज १०)
- प्रेमबहादुर तामाङ
स्याबास वर्षाजी । (मिलनसार स्वभावकी वर्षा, असोज १०) तपाईंको प्रगति हुँदै जाओस् ।
- पन्चकुमार गुरुङ
नमस्ते केनलका बारेमा साप्ताहिकमा प्रकाशित सामग्री पढेपछि केही कुरा सोध्न मन लाग्यो । मसँग जर्मन सेर्फड कुुकुर छ, जसको उमेर ८ वर्ष छ । मैले त्यसलाई कस्तो खाना ख्वाउनु उपयुक्त हुन्छ ? मलाई नयाँ जर्मन सेर्फड कुुकुर किन्न मन लागेको छ । त्यसको मूल्य पनि उल्लेख गरिदिए आभारी हुने थिएँ ।
- नवीन चौधरी
अलि बढी तस्बिर भैदिए हेर्न मज्जा हुने थियो । (घुम ओढेको दसैं, असोज १०) अर्कोपालि चाहिँ तस्बिर थप्नुहोला ।
- राजेश शर्मा, बानेश्वर
म विदेशमा भएर पनि साप्ताहिकमार्फत गाउँघर तथा देशका ताजा कुरा सुन्न, पढ्न पाउँदा खुसी लाग्छ । (विदेशको दसैं, असोज १०) आफ्नै गाउँघर पुगेजस्तो हुन्छ ।
- लक्ष्मण नेपाली, स्याङ्जा
मनोज गजुरेलले सत्य कुरा गर्नुभयो । (एउटा स्पेसल शुभकामना, असोज १०) बाँचुन्जेल मतलब नगर्नेहरू मरेपछि प्रशंसा गर्छन् ।
- कमला अधिकारी
विदेशका नेपालीहरूको भावनालाई पनि स्थान दिएकोमा खुसी लाग्यो । यसलाई आगामी अंकहरूमा पनि निरन्तरता दिनुहोला ।
- सुजन राई, जापान
हाम्रो देशमा घुम्न लायक ठाउँ थुपै्र छन् । (घुमेर कहिल्यै नसकिने हाम्रो देश, असोज १०) ती ठाउँका बारेमा पनि उल्लेख गर्नुपर्यो ।
- रोशा लामा
खेलाडीहरूका अनौठा आनीबानीका सम्बन्धमा जानकारी पाइयो । (खेलाडीका आ-आफ्नै स्टाइल, असोज १०) उनीहरूको आनीबानी मैले सोचेभन्दा फरक रहेछ ।
- चन्द्र घिमिरे