अमेरिकामा बसोबास गरिरहेका एउटै परिवारका तीन दाजुभाइ कृष्ण ढकाल, मनोज ढकाल तथा नवीन ढकालले आफ्नै स्वर, शब्द तथा संगीतमा 'डिस्टेन्स' शीर्षकको एल्बम तयार पारेका छन् । एल्बममा कृष्ण ढकाल र मनोज ढकालको स्वर तथा संगीत छ भने नवीन ढकालले एल्बमका गीत रचना गरेका छन् । एल्बमका चारवटा गीत अमेरिकामा रेकर्ड भैसकेको छ भने बाँकी चारवटा गीत काठमाडौंमा रेकर्डिङ गर्ने तयारी भैरहेको गायक कृष्ण ढकालले बताएका छन् । तिहारको अवसर पारेर बजारमा आउने यो एल्बममा दुईवटा गीतको म्युजिक भिडियो समेत तयार पारिएका छन् जसको निर्देशन प्रसन्न पौडेलले गरेका छन् ।