मोरङको उर्लाबारीमा दीपावलीको अवसरमा आयोजित सांगीतिक कार्यक्रम पारिवारिक जोडीहरू भरपुर मनोरञ्जन प्राप्त गरे। सांगीतिक कार्यक्रममा रमाउने चाहने पारिवारिक जोडीहरूलाई लक्षित उक्त कार्यक्रममा जे डट ब्याण्ड, गायक गंगा प्रधान, तपराज सुनाम आदिले गीत-संगीत सुनाएका थिए। उक्त अवसरमा जे डट ब्याण्डले एकदर्जन नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेको थियो भने गायक प्रधान र सुनामले पनि आ-आफ्ना गीत प्रस्तुत गरेर दर्शकहरूलाई नचाएका थिए। स्थानीय हिङहिम होटलमा आयोजित उक्त कार्यक्रममा उर्लाबारी आसपासका जोडीहरूको उल्लेखीय सहभागिता थियो। पारिवारिक वातावरणमा यो अलिक फरक स्वादको सांगीतिक कार्यक्रम भएको फाउण्डेसनका अध्यक्ष राजु लामाले बताए। उर्लाबारीमा भर्खरै सञ्चालनमा आएको सार्वजनिक पुस्तकालयको सहयोगका लागि सञ्चालित उक्त कार्यक्रम राती अवेरसम्म चलेको थियो।