शेरे : (अकमकिँदै) बिचरा गरिब केटीहरू कपडा पनि छैन लगाउनका लागि, न त कपडा किन्ने पैसा नै छ, कस्तो माया लाग्ने !
छोरा : म त पिसाव फेर्न मात्र उठेको हुँ, भरे यिनीहरू भन्दा पनि गरिब केटीहरू आए भनें चाहिँ मलाई बोलाउनुस् है बा ।
(खुकुरी भन्दा कर्द लाग्ने भन्या यही हो)
०००
सर चिन्नुभो ? म तपाईंको विद्यार्थी शेरे बोल्दैछु ।
सर : अरे, शेरे तँलाई कस्तो छ ? आज यतिका वर्षपछि मेरो सम्झना कसरी आयो ? अनि मेरो नम्बर कसरी पाइस् ?
शेरे : सर, फोन नम्बर थाहा पाउन के गाह्रो छ र ? तिर्खा लागे पानी जसरी पनि खोजिन्छ नि । खास कुरा के हो भने सर, मैले एउटा नयाँ काम सुरु गरेको छु, अनि तपाईंले सानोमा भन्नुभा'थ्यो नि कुनै काम पनि सुरु गर्नुछ भने मबाट उद्घाटन गराउन नभुल्नु । त्यसैले मेरो कामको उद्घाटन तपाईंबाट गराउन चाहन्छु ।
सर : अति सुन्दर विचार, ल भन कहाँ आउने हो उद्घाटन गर्न ?
शेरे : सर तपाईं, दक्षिणकालीको जंगलमा आउनुस्, ५ लाख रुपैया लिएर आउन नभुल्नुहोला । तपाईंकी छोरी मेरो कब्जामा छे, आजैदेखि मैले अपहरणको काम सुरु गरेको छु, सोचें तपाईंकै हातबाट किन उद्घाटन नगराउने, शुभ हुन्छ नि सर ।
(सर बेहोस)
०००
अमिताभ बच्चन शेरेको तरकारी एवं फलफूल पसलमा सपिङका लागि पुगेछन् ।
बच्चन : यो कागतीको दाम कति हो ?
शेरेले बालै दिएनछ, बारम्बार सोध्दा पनि वास्तै नगरेको देखेर अर्को पसलेले भनेछ : के हो यार शेरे ! भारतका यति नामी कलाकार तेरो पसलमा आ'को छ, तँलाई चाहिँ मतलब नै छैन ?
शेरे : के मतलब राख्नु त ? मान्छे त्यति अग्लो छ..... ।
अर्को पसले : अनि मान्छे अग्लो हुनुसँग व्यापारको के सम्बन्ध ?
शेरे : त्यसलाई अलिक निहुरेर नजिकबाट हेर भन्न, त्यो कागती होइन सुन्तला हो भनेर ।
०००
कठोर तपस्याबाट प्रभावित भएका भगवान् शिवले वीरेसँग वरदान माग्न भनेछन् ।
वीरेले भनेछ : हे भगवान् ! यो संसारमा बच्चा पाउँदा महिलालाई अति धेरै नै पीडा हुन्छ, त्यसैले अब बूढीलाई जति पीडा हुन्छ, त्यो पीडा बूढाबूढीलाई आधा-आधा हुनुपर्छ, अनि मात्र उनीहरूले बूढीको इज्जत गर्न सिक्छन् । भगवान शिव तथास्तु भनेर गएछन् । त्यसको केही महिनामै वीरेकी बूढीलाई व्यथा लाग्यो । बूढीसँगै वीरे पनि छेउमा सुत्यो आधा पीडा लिन । बूढी पीडाले चिच्याउन थाली, तर वीरेलाई केही पनि भएन । धेरै पछि बूढीको पीडा देख्न नसकेर भगवान्ले पनि झूटो वरदान दिएछन् भन्दै रिसाएर बाहिर निस्कँदा त पल्ला घरको नरे पो आँगनमा मरें-मरें भन्दै छटपटिँदै रहेछ ।
(वीरे विचरा ठाउँको ठाउँ बेहोस)
०००
शेरेको छोरा : सर, आई डन्ट नो भनेको के हो ?
सर : मलाई थाहा छैन ।
शेरेको छोरा : कस्तो, सर भएर नि थाहा नभा'को त ?
सर : मैले भनें त, मलाई थाहा छैन भनेर ।
शेरेको छोरा : त्यसो भनेर कहाँ हुन्छ ? नभनी त मरी गए पनि जान दिन्नँ, भन्नुस् न क्या !
०००
सिधा कुराको उट्पट्याङ उत्तर
पाङ्ग्रे : अहिले कति बज्यो ?
शेरे : हिजो यतिबेला जति बजेको थियो अहिले यो बेला पनि त्यति नै बज्यो ।
०००
प्रेमिका : हेर त कस्तो राम्रो जून लागेको ?
शेरे : होइन, तिम्रो सुढ्ढोले टर्चलाईट बाल्या हो, हाम्लाई हेर्न ।
०००
महिला यात्रु : बाबु गाडीमा सिट छ ?
शेरे : अनि सिटैबिनाको गाडीचाहिँ कस्तो हुन्छ नि आमै ?
०००
प्रेमिका : केही होइन, यत्तिकै सुतेर बसेको छु घरमै, तिमी नि ?
शेरे : कसरी एकैचोटि सुत्ने अनि बस्ने पनि ? मलाई पनि सिकाऊ न ।
०००
बटुवा : यो बाटो बिर्तामोड जान्छ ?
शेरे : कहीं जाँदैन, मैले देखेदेखि यो बाटो यहींको यहीं छ ।
०००
धुर्मुसे : ओए केटा, तँ स्कुल जाँदै हो ?
शेरेको छोरा : स्कुलको लुगा लगाएर अनि झोला बोकेर स्कुल त गइन्छ नि, कि तेरो बाउको श्राद्धमा जानुपर्ने ?
०००
प्रेमिका : ऊ पर हेर न, कस्तो राम्रो खरायोको जोडी, तिमीले देख्यौ ?
शेरे : अहँ देखिनँ, तिम्रा मात्र आँखा हुन्, हाम्रा त गुच्चा ?
०००
प्रेमिका : मेरो आँखामा हेर सेरु, आफ्नो तस्बिर देख्छौ ।
शेरे : खै, मैले त कचेरा मात्र देखें त ।
०००
प्रेमिका : शेरु, पानी पो पर्लाजस्तो छ ।
शेरे : होइन होला, कसैले पिसाब पो फेरिरा' हो कि ?
०००
खलासी : ल है हजुर, विराटनगर जाम विराटनगर !
शेरे : जा न त, के खान चिच्याइरहेको ?
०००
प्रेमिका : मेरो फ्यामिलीबाट मलाई कसैसँग माया गाँस्न अनुमति छैन क्या ?
शेरे : अनि मलाई चाहिँ के दुनियाँसँग लभ गर्दै हिँड् भनेर छाडा छोडिदिएका छन् त ?
०००
सर : मैले पढाउँदा किन हल्ला गरेको ?
शेरेको छोरा : तपाईंले चाहिँ किन पढाएको नि हल्ला गर्दा पनि ?
०००
शेरे : क्लासमा सरले पढाउँदा हल्ला गरिस् होला अनि पिट्छ त ।
शेरेको छोरा : होइन ड्याड, म त चुपचाप सुतिरहेको थिएँ ।
०००
शेरे : ज्योतिष बा, मेरो हात हेर्दिनुस् न, चिलाइरा'छ ।
ज्योतिषी : तिमीले कसैबाट छिट्टै पैसा पाउन लाग्या छौ ।
शेरे : मेरो निधार पनि चिलाइरा'छ ।
ज्योतिषी : ओहो ! तिम्रो नेता बन्ने योग रहेछ ।
शेरे : अनि खुट्टाको पाइताला नि चिलाइरा'छ ।
ज्योतिषि : तिमीले छिट्टै नयाँ ठाउँको भ्रमण गर्नेछौ ।
शेरे : अनि काखी पनि चिलाइरा'छ ।
ज्योतिषी : तँलाई त लुतो पो आ'को रहेछ, नुहाउँदैनस् कि क्या हो ?
०००
केही घरेलु उपचार
१. यदि तपाइर्ंलाई कुकुरले टोक्यो भने कुकुरलाई पनि टोकिदिनुस्, हिसाब बराबर ।
२. दूध फाट्यो भने सेतो धागोले सिलाइदिनुस्, कसैलाई पनि थाहा हुँदैन ।
३. यदि तपाइर्ंको केश र्झछ भने खौरिदिनुस्, र्झन बन्द हुन्छ ।
४. यदि दाँतमा कीरा लागेको छ भने दुई-चार दिन केहि पनि नखानुस्, किरा भोकभोकै मर्छ ।
५. यदि घाँटी दुखिरहन्छ भने कसैलाई घाँटी अठ्याउन लगाउनुहोस्, कहिल्यै पनि दुख्दैन ।
६. यदि राति निन्द्रा लाग्दैन भने दिउँसै सुत्नुहोस् ।
७. यदि तपाईंको हात दुखिरहेको छ भने हथौडा लिएर खुट्टामा ३ पटक जोरले हिर्काउनुहोस्, हातको पिडा भुल्नुहुनेछ ।
०००
गए राति शेरेको घरमा चोर लागेछ,
पुलिस : अनि तपाइंको घरमा त्यत्रो चोर लाग्दा किन सहयोगका लागि नकराउनु भएको त ?
शेरे : कराउन त मन थियो नि हजुर, तर के गर्नु आफूले सुनको दाँत लगाएको एक हप्ता नि' भएको छैन ।
०००
केटीहरूले जान्नैपर्ने र सुधार्नुपर्ने बानी
१. साडी लगाउन नजान्ने केटीहरूले घर सम्हाल्न सक्दैनन् ।
२. टेलिभिजनमा धेरै सिरियल हेर्ने केटीले आफ्ना बालबच्चाप्रति ध्यान दिँदैनन् ।
३. बाहिर मात्र घुम्न रुचाउने केटीले एक दिन भिखारी बनाउँछन् ।
४. सुन्दरतामा मात्र ध्यान दिने केटीले जहिले पनि अर्की केटीको कुरा मात्र काट्छन् ।
५. लजाउनुपर्ने कुरामा पनि नलजाउने केटीहरू चालू हुन्छन् ।
६. स्कुल कलेजमा सजिएर आउने केटीहरू आफू पनि पढ्दैनन् र केटाहरूलाई पनि पढ्न दिँदैनन् ।
७. बिहान उठेर मुख पनि नधोई मेकअप गर्ने केटीहरूको विवाह छिट्टै हुन्छ ।
०००
भर्खरै विवाह गरेको शेरे, उसकी बूढीसँग छुट्टै नयाँघरमा बसेको थियो, एकदिन विहान घरको ढोकामा एउटा खाम भेटिएछ । खाम खोलेर हेर्दा त चलचित्रको २ वटा टिकट रहेछ, तर पठाउनेको नाम लेखिएको रै'नछ ।
शेरे : पक्कै पनि मेरो साथीले पठाएको हुनुपर्छ ।
शेरेकी बूढी : होइन, मेरो साथीले पठाएको हुनुपर्छ ।
शेरे : भयो छोड, जसले पठाए पनि के भो र ? चलचित्रको टाइम भैसक्यो, छिटो जाऊँ ।
जब दुवै जना चलचित्र हेरेर आए, घरका सबै बहुमूल्य सामान चोरी भएको थियो ।
त्यहाँ एउटा खाम थियो, जसमा लेखिएको थियो- 'अब त थाहा भयो होला नि टिकट कस्ले पठाएको थियो ?'
०००
घरमा बूढाबूढी आपसमा कुरा गर्दै
बूढो : ए बूढी, यो छोरीको ठाउँमा छोरा जन्मिएको भए कत्ति राम्रो हुन्थ्यो ?
बूढी : भयो राम्रो ! तिम्रो भर परेको भए त यै छोरी पनि नहुने ।
(बूढो त्यहीं बेहोस)
०००
पाखे : त्यो टेलिभिजनको मूल्य कति हो ??
पसले : म पाखेहरूलाई कुनै सामान बेच्दिनँ ।
पाखे एक महिनापछि केश र दाह्री काटेर राम्रो भै त्यही पसलमा जान्छ ।
पाखे : त्यो टिभीको मुूल्य कति हो ???
पसले : म पाखेहरूलाई कुनै सामान बेच्दिनँ
पाखे एक महिनापछि फेरि सुटबुट लगाइ अझ राम्रो भएर उक्त पसलमा जान्छ, अनि इंग्लिसमा भन्छ ।
पाखे : व्हाट्स दि कस्ट अफ द्याट टेलिभिजन ?
पसले : म पाखेहरूलाई कुनै सामान बेच्दिनँ, भनेको सुन्दैनस् ।
पाखे (रिसाउँदै) :तपाईंलाई कसरी थाहा हुन्छ कि म पाखे हुँ भनेर ???
पसले : किनभने यो टेलिभिजन होइन, माइक्रोवेभ ओभन हो ।
०००