साप्ताहिक संवाददाता
कार्तिक १५, २०७१
गागाको महँगो महल
पप गायिका लेडी गागाले क्यालिफोर्नियाको मैलीबु सहरमा साढे २ करोड डलर (करिब २ सय ३० करोड रुपैयाँ) मा बंगला किनेर सांगीतिक क्ष्ाेत्रलाई तरंगित बनाएकी छिन् । गागाले उक्त बंगला वार्नर ब्राेजका फाउन्डरसँग किनेकी हुन् । तयारी बंगला किने पनि गागाले त्यसलाई थप भव्य बनाउने बताइन्छ । करिब ६ एकड जग्गामा फैलिएको उक्त बंगलामा ५ वटा बेडरुम, १२ वटा बाथरुम, एउटा लिफ्ट, स्वीमिङ पूल, जिमशाला, घोडा बाँध्ने तबेला तथा स्पोटर््स सेन्टरसमेत छ । लेडी गागा यतिबेला उक्त बंगलामा आफ्नो चाहनाअनुरूपको इन्टेरियर गराइरहेकी छिन् । सम्पूर्ण सुविधा उपलब्ध भएकाले महंगो मूल्यमा बंगला किनेको गागाको तर्क छ ।