आधुनिक, पप तथा चलचित्रका गीतमा समेत लोकप्रिय गायक युवराज चौलागाईंले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै खाना ख्वाएका छन् । गोवर्द्धन पूजाको दिन तनहुँ जिल्लास्थित देवघाटधामको समाजकल्याण केन्द्र वृद्धाश्रममा गायक चौलागाईंले आफ्नी आमासँगै पुगेर त्यहाँ बसोबास गरिरहेका ३२ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै खाना ख्वाएका हुन् । खाना ख्वाउनुअघि गायक चौलागाईंले उनीहरूलाई फलफूल तथा मिठाई समेत वितरण गरेका थिए ।