कार्तिक २८, २०७१
कटारी
त्यसैगरी चालकसँगै युवती राखेर सञ्चालन गरेको पाइए चालकलाई ५ हजारसम्म जरिवाना गरिने सहमति भएको पनि पौडेलले बताए । 'टिकट मिलाउने क्रममा ड्राइभर छेउमा युवतीहरूलाई बस्न नदिने भनिएको छ ।' हिमाली यातायात व्यवसायी संघ, कटारीका कार्यालय प्रमुख शत्रुधन कार्कीले भने । यसबीच सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन-प्रसारण भएपछि महिलाहरूले यो विषयमा बहस गर्नुपर्ने बताएका छन् । दुर्घटनाका दोषी युवतीमात्र नहुने महिला अधिकारकर्मीहरूको प्रतिक्रिया छ । कटारीबाट पाँच दर्जनजति यात्रुवाहक बस तथा चार दर्जनजति जीप सञ्चालन हुँदै आएका छन् । कटारीबाट पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा तथा खोटाङ जाने सवारी साधनहरू वढी दुर्घटनामा पर्ने गरेका छन् । त्यसैगरी दुई जना चालकको व्यवस्था नहुँदा काठमाडौं जाने सवारी साधनहरू बर्सेनि ठूला दुर्घटनामा पर्ने गरेका छन् ।