कार्तिक २८, २०७१
दमक
संगीतका सयौं प्रशंसकको उपस्थितिमा सम्पन्न कार्यक्रममा रसिकलाई सम्मानपछि गीतका धेरै फर्माइस आए, अनि जीवनका अतीतहरू सम्झदै रसिकले हातमा भएको हार्मोनियम चलाउँदै गाए- 'निद्रा लागेन.....' । अस्ताउदो घाम भए पनि श्रोताले छोड्दै नछोडेपछि रसिकले अर्को पनि गीत गाए— 'तिमीसँग माया लाउने समयले दिएन, जुनी-जुनी तिम्रै हुनेे समय मलाई पुगेन.......।'
प्रमुख अतिथि सरुभक्तलाई पनि आफ्ना सिर्जना सुनाउन फर्माइस आएपनि भ्याएनन् उनले । सधैं लामो केशमा देखिने सरुभक्तको केश मुण्डन गरेको शिर देखेर धेरैले जिज्ञासा नै राखे । अनि सरुभक्तले त्यसको कारण पनि खोलिदिए— 'बुबाको मृत्यु भएकाले केश मुण्डन गरेको हुँ ।' सम्मान र पुरस्कारका संस्थापक जोशीले श्रीमतीको सम्झनामा भावुक भएका कारण गाउन सकेनन् । धेरैले उनका पुराना चर्चित गीत सुन्ने चाहना अधुरै छोडन बाध्य हुनुपर्यो ।