साप्ताहिक संवाददाता
एल्बमको कभर डिजाइदेखि बिक्री?वितरण गर्नेसम्मको सम्पूर्ण तयारी पूरा भएको छ । एल्बम यही मंसिर १९ गते काठमाडौंमा विमोचन हुँदैछ ।
यो एल्बमका कस्ता गीत समेट्नुभएको छ ?
पाँचौं एल्बम 'सम्मान?२' मा सातवटा गीत समेटिएको छ । सुगम संगीतदेखि पप, आधुनिक गरी सबै प्रकारको गीत यो एल्बममा समावेश छ ।
कतिवटा गीतको म्युजिक भिडियो बन्दैछ ?
जम्मा दुर्इ वटा गीतको म्युजिक भिडियो बनाउने तयारीमा छु । 'मेरो तोलाको हिसाब नगर्ने.......' गीतको छायांकन पूरा भएर अहिले टेलिभिजनहरूबाट प्रसारण भैरहेको छ । एल्बमको विमोचनपछि चाँडै अर्को गीतको पनि म्युजिक भिडियो बनाउने तयारीमा जुट्नेछु ।
म्युजिक भिडियो कस्तो बनेको छ त ?
पूर्वको पर्यटकीय स्थल कोसी ब्यारेक, इलाम तथा भेडेटारका रमणीय स्थलहरूमा छायांकन गरिएकाले म्युजिक भिडियो स्तरीय बनेको छ । म्युजिक भिडियोमा स्वयं म आफैंले अभिनयसमेत गरेको छु । दर्शक?श्रोताको मन छुने भिडियो बनेको छ ।
म्युजिक भिडियोमा आफैंले अभिनय गर्नुभएको छ । तपाईंलाई मोडल भन्ने कि गायक ?
सबैभन्दा पहिले त म गायककै रूपमा चिनिन चाहन्छु । अर्को कुरा के हो भने श्रोता, दर्शकहरूमा यो गीत गाउने गायक कस्तो रहेछ भन्ने जिज्ञासा हुन्छ त्यसैले पनि म्युजिक भिडियोमा अभिनय गरेको हुँ ।
नेपाली संगीतलाई कसरी बुझनुभएको छ ?
नेपाली संगीतमा धधमौलिकता हराउँदै गएको छ । तीव्र प्रतिस्पर्धाका कारण संगीत गलत बाटोतर्फमोडिँदै गएको छ । यद्यपि संगीतको विकासचाहिँ तीव्र रूपमा भैरहेको छ । सांगीतिक बजार राम्रोेसँग फस्टाएको छ । यसलाई व्यवस्थित गरेर लान सकियो भने भविष्य उज्ज्वल छ ।
अबको संगीत यात्रालाई कसरी अघि बढाउनुहुन्छ ?
४४ सालदेखि निरन्तर रुपमा संगीत क्षेत्रमा लागिपरेको छु । अवकाशपछि एउटा स्टुडियो खोल्ने योजना बनाएको छु । मैले खोलेको स्टुडियो आर्थिक विपन्नताका कारण संगीत सिक्न नसक्नेकाहरूका लागि हुनेछ ।