बलिउड अभिनेत्री तथा मोडल सोनाली राउत अचानक चर्चामा आएकी छिन् । कलर्स च्यानलबाट प्रसारण भैरहेको 'बिग बोस' की प्रतियोगि भएकाले मात्र उनी चर्चामा आएकी होइनन् । बिग बोसको घरमा सोनालीले चर्चा कमाउने कारण भने उनले तीन वर्षअघि खिचाएको एउटा तस्बिर भएको छ । उक्त तस्बिरमा उनी टपलेस देखिन्छिन् । एउटा पत्रिकाका लागि खिचिएको उक्त तस्बिरमा बलिउड अभिनेता रणवीर सिंह पनि देखिन्छन् । उक्त सेमी न्यूड तस्बिरका बारेमा सोनालीका प्रवक्ताले सोनालीले आफ्नो सौन्दर्यलाई ध्यानमा राख्दै उक्त पोज दिएको स्पष्ट पारेका छन् । सुबी स्यामुअलले खिचेको उक्त तस्बिर मेक्सिम पत्रिकामा प्रकाशित भएको थियो । फोटोसुटका क्रममा सोनालीले बिकिनी सुट पनि गराएकी थिइन् । यद्यपि ती तस्बिर भने सार्वजनिक हुन बाँकी नै छन् ।
गायिकाको घरमा भूत
लोकप्रिय गायिका केटी प्राइसले आफ्नो नयाँ घर भूतले भरिएको प्रतिक्रिया दिएकी छिन् । हालै मात्र यी गायिका आफ्ना श्रीमान्सँग नयाँ घरमा बसोबास गर्न थालेकी छिन् । प्राइसलाई के लागिरहेको छ भने केही आत्माले उनको पिच्छा गरिरहेका छन् र चाँडै नै उनको घर भूतले भरिनेछ । प्राइस भन्छिन्- 'मेरो यसअघिको घरमा पनि भूतको बास थियो । मलाई लाग्छ तिनीहरूले मेरो पीछा गरिरहेका छन् । सम्भवत: चाँडै नै मेरो घर भूतहरूको निवासस्थल बन्नेछ ।' प्राइसको यो मनोवैज्ञिक प्रतिक्रियालाई पश्चिमा सञ्चारमाध्यमले प्राथमिकता साथ प्रचार गरेका छन् ।