मंसिर १२, २०७१
बाँके
'त्यस्ता किशोरीले आई लभ यू भन्नु त समान्य हो । उनीहरूले भेटेर रमाइलो गरौंला है भनेर फसाउँछन्,' नेपालगन्जका भुक्तभोगी किशोर सुरज शर्मा भन्छन्, 'झूटो मायामा फसेर एक वर्षसम्म रिचार्ज कार्ड पठाइयो । पठाउन छोेडेपछि उसले मलाई साथीको सूचीबाटै ब्लक गरे ।' युवाहरूलाई फसाउन रिचार्ज ठगी गर्ने युवतिले अरूका तस्बिर आफ्नो वालमा पोस्ट गर्ने उनले बताए ।
अर्का युवा सुशील गुरुङले पनि फेसबुकको नक्कली प्रेममा फसेर करिब १ हजार रुपैयाँको रिचार्ज ठगिएको बताए । 'फेसबुकबाट चिनजान भएपछि किशोरीले माया गर्छु भनिन् । मैले पनि माया गर्छु भनें, तर उसले रिचार्जका लागि पो माया गरेकी रहेछ,' उनले भने— 'एक वर्षपछि मात्र उसले मलाई ठगिरहेको थाहा पाएँ ।' टिनएजका अनेकन युवा यसरी नै नक्कली प्रेममा फसेर ठगिने गरेका छन् ।