ज्यापु समुदायका युवतीहरूमा केन्दि्रत 'मिस ज्यापू' को तेस्रो संस्करणको तयारी प्रारम्भ भएको छ । आयोजक संस्था नास: मण्डलका अनुसार महर्जन, सुवाल, सिंह, डंगोल, प्रजापति, मुनिकार, व्यञ्जनकार, अवाले, बलामी, गोपाली आदि ज्यापु समुदायका छोरीचेलीले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक युवती कम्तीमा पनि एसएलसी उत्तीर्ण गरेको, कम्तीमा ५ फिट २ इन्च अग्ली तथा १७ देखि २४ वर्ष उमेर समूहभित्र हुनुपर्ने छ ।ज्यापु समुदायको मौलिक संस्कृति, जातीय पहिचान, रहनसहन, परम्परा, वेशभूषा, भाषा, मौलिक पेसाजस्ता पक्षमा केन्दि्रत रहने यो प्रतियोगिताको तयारीमा पनि तिनै कुरामा जोड दिइनेछ । मंसिरको अन्तिम सातासम्म आवेदन गर्न सकिने यो प्रतियोगिता माघ महिनामा सम्पन्न हुनेछ ।