साप्ताहिक संवाददाता
मंसिर २६, २०७१
गायक खरेलले हंगामा शीर्षकको गीत गाएर दर्शकहरूलाई उचालेका थिए । उनले धेरैलाई बाँड्दा नपुग्ला माया, डुबायो पापी मायाले, मेरो दिल छ पोखरामा, लागी-लागी, अँगालोभरिको माया जस्ता गीत पनि प्रस्तुत गरेका थिए । दोलखा महोत्सवका क्रममा कुमार कट्टेल जिग्री ब्रो तथा अर्जुन घिमिरे पाँडेको हास्यश्रृंखला भद्रगोलको टिमले दर्शकहरूलाई हँसाएको थियो भने रामजी खाँड, नवराज घोरासैनी तथा रीता बूढाथोकीले दोहोरी भाकामा प्रस्तुति दिएका थिए । महोत्सव आयोजक संस्थाका किशोर नेपालीका अनुसार हजारौं दर्शकको उपस्थितिले महोत्सवको रौनक बढाएको छ ।