• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रमाइलो गर्ने मान्छे देख्दा छक्क पर्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रमाइलो गर्ने मान्छे देख्दा छक्क पर्छु
मंसिर २६, २०७१
नगरकोट रिसोर्टहरूको सानो बस्ती हो । यो डाँडाभरि उत्तरतिर फर्किएका रमाइला कटेजमा क्यामेरा सोझ्याइरहेका सयौं पर्यटक फेला पर्ने सहर हो । स्थानीय बासिन्दाहरू भन्छन्, 'नगरकोटको जनसंख्या जति छ । यहाँ दैनिक यो त्योभन्दा बढी पर्यटक आउँछन् ।' यही कारणले स्थानीय बासिन्दा मात्र होइन, वरिपरिाका अन्य गाउँका सयौं मानिसलाई यहाँका रिसोर्टहरूले रोजगारी दिएका छन् । तिनै रोजगारमध्येका एक हुन्— रामबहादुर तामाङ । १० कक्षामा अनुत्तीर्ण भएपछि नगरकोटबाट तीन घण्टा हिँडेर पुगिने नालदुम गाउँका रामबहादुर पनि नगरकोटको रिसोर्टमा काम गर्न थाले । १६ वर्षमै विवाह गरेका रामबहादुरले कमाउनुपर्ने बाध्यता पनि थियो । आज १५ वर्षपछि उनका तीन सन्तान छन् । घरमा भएका श्रीमती, बा-आमा र हुर्किसकेका सन्तान सम्झँदै तामाङ्ग भन्छन्, 'म घरको भन्दा पर्यटकको मान्छे बढी हुँ । घरमा त म पाहुनाजस्तो जान्छु, पर्यटकजस्तो घुम्छु र फर्कन्छु ।'

कस्ता-कस्ता पर्यटक

डेढ दशकसम्म उनले देश-विदेशका पर्यटकको रातोदिन सेवा गरे । प्रत्येक पर्यटकले बुद्धि र ज्ञान दिएर गए । तैपनि उनले थोरै मात्र लिन सके । 'गोराहरू धेरै शान्त, न होहल्ला गर्छन् न धेरै गुनासो गर्छन्, न त धेरै पैसा नै खर्च गर्छन् ।' रामबहादुरको विदेशी पर्यटकहरूप्रतिको धारणा छ, 'एउटी गर्लफ्रेन्ड च्याप्यो, थोरै खर्च गर्‍यो र संसार घुम्यो । बाँच्न त यिनले पो जानेका छन् जस्तो लाग्छ ।'

त्यसको ठीक विपरीत भारतीय ग्राहक हल्ला धेरै गर्छन्, पैसा पनि धेरै खर्च गर्छन् । टिप्स पनि धेरै दिन्छन् । रामबहादुर भन्छन्, 'मलाई विश्वमा सबैभन्दा धनी भारतीय नै पो छन् कि भन्ने लाग्थ्यो । धेरै वर्षसम्म मलाई त्यस्तै लागिरह्यो । हिजोआज गोराजस्तै युवा भारतीयहरू आउन थालेपछि मात्र बल्ल थाहा पाएँ, थोरै पढेका तर पैसा हुनेहरू मात्र कहिलेकाहीँ घुम्न निस्कन्छन् र त्यस्ता मान्छे बेहिसाब खर्च गर्छन् । मान्छे जति लेखापढा भयो, उनीहरू मनका उत्तिकै गरिब हुँदै जाँदा रहेछन् ।'

नेपाली पर्यटकका बारेमा रामबहादुरको धारणा सकारात्मक छैन । धेरैजसो नेपाली युवती च्यापेर मात्र नगरकोट पुग्छन् । सुन्दर हिमाल र वातावरण देखेर खुसी हुँदैनन्, बरु रक्सीको मात लाग्न थालेपछि उनीहरूको खुसीको मात्रा बढ्दै जान्छ । त्यसपछि उनीहरूको आवाज र होहल्ला बढ्दै जान्छ । जति मात चढ्दै जान्छ, त्यति नै मात्रामा अन्य पर्यटकलाई डिस्टर्ब हुँदै जान्छ । 'म आफैंले धेरै पटक नेपाली पर्यटकलाई हल्ला नगरिदिनुस्, अन्य पाहुनालाई डिस्टर्ब हुन्छ भनेर हात जोड्नुपर्छ ।' त्यसैले नगरकोटमा नेपालीहरूका लागि स-साना कटेज बनाइएका छन् । राम्रा रिसोर्टले नेपालीलाई सकेसम्म राख्न मान्दैनन् । रामबहादुर भन्छन्— 'नेपाली पर्यटकहरूका लागि भिन्दै रिसोर्ट बन्न थाल्नु खुसीको कुरा होइन, यसले हाम्रो संस्कार कस्तो हुँदैछ भन्ने बताउँछ ।'

कस्ता-कस्ता युवती

नगरकोट युवती लिएर आउने थलो भएकोमा रामबहादुर दु:खी छन् । बितेका डेढ दशकमा उनले थरी-थरीका युवती देखे, थरी-थरीका व्यवहार पाए । कति युवती त पछि श्रीमतीका रूपमा हनिमुन मनाउन आएको पनि देखें । 'म जस्ता ठाउँमा छु, त्यहाँबाट हेर्दा सबै युवती पुरुषका खेलौना हुन् कि जस्तो पो लाग्छ ।' थरी-थरीका युवतीका बारेमा बयान गर्दै रामबहादुरले भने, 'कलेज पढ्ने युवतीहरू ४०-५० वर्षका पाका पुरुषहरूसँग यहाँ आउँदा सुरु-सुरुमा त अचम्म लाग्थ्यो । पछि बानी पर्दै गएँ । एउटै पुरुषले प्रत्येक महिना फेरी-फेरी युवती ल्याउँछन् । यस्तो देख्दा लाग्छ, नेपालमा पनि धनी मानिस धेरै रहेछन् ।'

रामबहादुरको विचारमा भर्खरका युवती पनि दुई थरीका हुन्छन् । केही युवती पहिलो पटक पैसाको लोभमा नगरकोट आउँदा रहेछन् । उनीहरूलाई पाका पुरुषहरूले फकाई-फकाई रक्सी ख्वाउँछन् । यस्ता युवतीहरूको आँखामा त्रास र भविष्यप्रति चिन्ता देखिन्छ । 'जब म रक्सी सर्भ गरिरहेको हुन्छु, त्यति बेला मलाई ती युवतीको निकै माया लाग्छ । तैपनि केही भन्न सकिँदैन ।' रामबहादुर भन्छन्, 'पाहुनाले ल्याएकी केटीका बारेमा केही भन्न पनि मिल्दैन, हाम्रो काम नै आएका ग्राहकलाई बढीभन्दा बढी सुविधा दिनु हो । उनीहरूलाई डिस्टर्ब गर्नु होइन ।' त्यस्ता युवतीहरू भोलिपल्ट बिहान रोइरहेका हुन्छन् । उनीहरू छिटो काठमाडौं जाऊँ भनेर कर गरिरहेका हुन्छन् ।

दोस्रो वर्गका युवतीचाहिँ व्यवसायिक वर्गका हुन्छन् । यस्ता युवतीहरू रात पर्दै गएपछि पुरुषहरूसँग थप पैसा मागिरहेका हुन्छन्, घुक्र्याइरहेका हुन्छन् । ब्रान्डेड रक्सी र नयाँ-नयाँ खानेकुराको अर्डर गरिरहेका हुन्छन् । 'बिहान लोग्नेमान्छेको अनुहार नुहेको हुन्छ तर केटी अझ ताजा देखिन्छे ।' रामबहादुर भन्छन्, 'रातभरिमा लोग्नेमान्छे कंगाल भैसक्छ, युवतीहरू मालामाल  भैसक्छन् ।'

त्यसो त भर्खरै प्रेम गरेका युवा-युवती पनि रमाइलोका लागि नगरकोट नपुग्ने होइनन्, तर त्यस्ता जोडी विवाहपछि आएको रामबहादुरले अहिलेसम्म देखेका छैनन् । बरु प्रेमीले अर्कै प्रेमिका र प्रेमिकाले अर्कै प्रेमी लिएर आएको भने धेरै पटक देखेका छन् । 'हाम्रो त एउटीसँग विवाह भयो, उसैसँग जीवन चलिरहेको छ । अरूले त्यसरी युवती फेरेको देखेर अचम्म लाग्छ ।' कुराकानीको अन्त्य गर्दै रामबहादुरले भने, 'यो खाना मन नपरे अर्को खाने र यो लुगा मन नपरे अर्को लुगा त ठीकै होला,  केटा वा केटी नै फर्नुचाहिँ अचम्मकै कुरा हो ।'

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik