साप्ताहिक संवाददाता
बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टद्वारा सञ्चालित प्रतियोगितामा १८ जना बालक तथा २३ जना बालिकाले प्रतिस्पर्धा गरेका थिए । ७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूको यो प्रतियोगितामा रोबिस सुवेदी र आश्रय रञ्जित तथा लिजा गुरुङ र लि सोनो (कोरियन नागरिक) ले फस्ट रनर्सअपको उपाधि जिते । यसैगरी बि्रटेन श्रेष्ठ तथा उत्सव ढकाल र ऋचा घिमिरे तथा आस्मा घिसिङले सेकेन्ड रनर्सअपमै चित्त बुझाए । प्रतियोगिताको दोस्रो चरणमा प्रतिस्पर्धी बालबालिकाहरूले आफ्नो रोजाइका पहिरन प्रदर्शन गरेका थिए । त्यसपछिको चरणमा बालकहरूतर्फ टप दस तथा बालिकाहरूतर्फ टप बार्ह छनौट गरिएको थियो । त्यसपछिको चरणमा निर्णायकसँगको प्रश्नोत्तरका आधारमा दुवै समूहका सात-सात जना प्रतिस्पर्धी निर्णायक चरणमा प्रवेश गरेका थिए । निर्णायक चरणमा सोधिएका दुई भिन्न प्रश्नको जवाफका आधारमा विजेताको छनौट गरिएको हो ।