साप्ताहिक संवाददाता
पुस १८, २०७१
पोखरा
रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान)ले अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै आयोजना गरेको महोत्सव खहरे डिहिकोपाटनदेखि फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा सञ्चालन गरिएको थियो । पाँच दिनसम्म लेकसाइड क्षेत्रमा चलेको महोत्सवका अवसरमा सबै रेस्टुराँ सडकका पेटीमा निकालिएका थिए । महोत्सवको वातावरणले लेकसाइड क्षेत्र तुल, ब्यानर, ध्वजापतकाले रंगिएको थियो ।
महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसँगै बालउद्यान, खेलकुद प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिए । महोत्सवका अवसरमा त्रिपल एक ट्राभल्सले हेलिकप्टरबाट सहरी दृश्यावलोकनको व्यवस्थासमेत मिलाएको थियो ।