साप्ताहिक संवाददाता
यस्तैमा शाक्य परिवारको एउटा व्यापारी युवाले उनीसमक्ष प्रेम प्रस्ताव राख्यो । उनी उसको प्रेम शुद्ध हो कि होइन, परीक्षण गर्न चाहन्थिन् ।
उनले पशुपतिमा रहेका आफ्ना अघोरी गुरुसँग शाक्य युवकका सम्बन्धमा कुरा गरिन् । उसको प्रेम शुद्ध हो-होइन, परीक्षण गरिदिन गुरुसँग अनुरोध गरिन् । अघोरी गुरुले भोलिपल्ट युवालाई कुटीमा ल्याउन आदेश दिए । गुरुको सल्लाहअनुसार युवतीले आफ्नो प्रेमीलाई गुरुको अघिल्तिर पुर्याइन् ।
'माथि किराँतेश्वरमा मेरी एक जना गुरुआमा हुनुहुन्छ । तिमी मेरी चेलीसँग विवाह गर्न चाहन्छौ भने मेरी गुरुमासँग छ महिनासम्म बस्नुपर्छ ।' गुरुले युवकलाई भने, 'तिमीलाई कुनै दु:ख हुनेछैन, तर तिम्रो प्रेमको परीक्षण हुनेछ ।'
प्रेमिका प्राप्त गर्न युवक जुनसुकै परीक्षा दिन तयार थियो । गुरुले युवकलाई आफ्नी गुरुआमाको कुटीमा पुर्याए । रात पर्यो । गुरुआमाले खानेकुरा दिएर कुटीको एउटा कुनामा ओच्छ्यान लगाइदिइन् ।
युवक सुत्यो ।
भोलिपल्ट उठ्दा युवक छक्क पर्यो । ऊ सानदार दरबारको पूर्वपट्टकिो भव्य कोठामा सुतिरहेको थियो । ओछ्यान यति नरम कि उ कहिल्यै त्यस्तो बिछ्यौनामा सुतेकै थिएन । ऊ छक्क पर्दै बाहिर निस्कियो । बाहिर सुन्दर फूलबारी, जंगली हरिण र विभिन्न किसिमका पन्छीको सुन्दर आवाज । उसलाई ती सव सपनाजस्तो लाग्यो । आफैंलाई चिमोट्यो । सपना होइन रहेछ ।
त्यही बेला कलात्मक माटोको भाँडोमा चिया आयो । चिया ल्याउने युवती यति सुन्दर थिइन् कि उसको आँखालाई विश्वास नै लागेन । अंग्रेजले मात्र खाने त्यस प्रकारको चिया उसले ती सुन्दरीको हातबाट लियो । 'शुभप्रभात' स्त्रीले भनिन, 'म वषार्ंैदेखि तपाईंलाई प्राप्त गर्न कुटीमा महादेवको व्रत गरेर बसेकी थिएँ । मेरो व्रत सफल भयो । म सेविकालाई दर्शन दिनुभयो ।'
त्यसपछि स्त्रीले ती युवकलाई ढोगिन् । उनको आँखाबाट दुई थोपा आँसु उसको गोडामा परे । त्यसपछि ती स्त्रीले युवकलाई यति स्नेहसाथ दरबारमा राखिन् कि उसले आफ्नो घर बिर्सियो, परिवार बिर्सियो, व्यापार-व्यवसाय पनि बिर्सियो । उसले स्त्रीको समर्पण यस्तो पनि हुन्छ भन्ने कुरा पहिलोपल्ट थाहा पायो । छ महिना कसरी बित्यो, उसले स्वयं थाहा पाएन ।
छ महिनापछि ऊ साविकझैं आफ्नो ओच्छ्यानमा सुत्ोको थियो, तर बिहान ब्युँझिदा ऊ पुरानै कुटीमा रहेछ । छ महिनापछि ती युवती हराइन् र उनको ठाउँमा वृद्धा गुरुआमा देखा परिन् ।
'तिमी प्रेममा सफल भयौ, जाऊ तिमी आफ्नी प्रेमिकासँग विवाह गर्न सक्छौ ।' बिहान साधारण माटोको भाँडोमा चिया पिउने क्रममा गुरुआमाले युवकसँग भनिन्, 'मैले तिमीलाई छल गरेर तिम्रो प्रेमिका हुँ भन्दा पनि कहिल्यै मलाई प्रेम गरेनौ । मैले जादुले बनाएको दरबारमा बस्दा पनि तिमीले आफ्नी प्रेमिकालाई नै माया गरिरह्यौ । मेरो सौन्दर्यका अघि तिम्री प्रेमिका केही थिइनन्, तैपनि तिमीले उनैलाई सम्झिरह्यौ ।
केही बेरपछि अघोरी बाबा र युवती गुरुआमाको कुटीमा पुगे । गुरुआमाले प्रेमको परीक्षण भैसकेको बताएर दुवैलाई विवाह गर्न सल्लाह दिइन् ।
०००
कथा कति साँचो हो भन्न सकिँदैन । हीराले नै हीरा काट्छ भनेझैं प्रेम नाप्ने यो राम्रो औजार हो भन्ने कुराचाहिँ निर्विवाद सत्य हो ।