
साप्ताहिक संवाददाता

- उत्तम थापा
२०१४ को सबै पक्ष समेटिएको साप्ताहिक पढेर रमाइलो लाग्यो । फेसन, संगीत, स्वास्थ्य क्षेत्रमा सुधार भएको पाइयो, तर कुन-कुन पत्रिका अग्रस्थानमा आए, पढ्न पाइएन ।
- खेमराज गिरी, पोखरा
साप्ताहिकको नयाँ वर्ष अंक ज्ञानवर्द्धक रह्यो ।
- ०५८१
साप्ताहिकका सामग्रीहरू मलाई राम्रा लाग्छन् । यसलाई समयअनुसार परिमार्जन गर्दै लानुपर्यो ।
- वीरेन्द्र वली, दामोदर दाहाल
अन्य सामग्रीसँगै साप्ताहिकमा शिक्षा विषयका सामग्रीहरू पनि छुटाउनु भएन ।
- निशा गिरी
ढिलै भए पनि विनिता बरालले कुरा बुझिछन् । (अनुभव : उपन्यास लेखन, पुस १८) नेपालमा चलचित्र उद्योगमा भविष्य छैन, बरु कृषि पेसामा भविष्य छ ।
- दीपक राई
साप्ताहिकको नयाँ वर्ष विशेषांकमा उत्कृष्ट नेपाली टेलिभिजन कार्यक्रमहरूलाई प्राथमिकता दिइएको पाइएन । नेपाली दर्शकहरूले भारतीय च्यानल मात्र त हेर्दैनन् नि ।
- सुदीप पौडेल
यौन जिज्ञासामा पाठकहरूका साँच्चै जिज्ञासा भएका प्रश्नहरूलाई स्थान दिनुपर्यो । भद्दा र अश्लील प्रश्न नछापियोस् ।
- एसबी खरेल
हो, यसरी नै सुन्दरीहरू सामाजिक काममा लाग्ने हो भने समाजको प्रगति हुने थियो । (सरसफाइमा सुन्दरीहरू, पुस १८) खाली फेसन शोमा भाग लिएर मात्र हुँदैन ।
- ब्रबिम अधिकारी
विश्व प्याराग्लाइडिङ प्रतियोगितामा छनौट भएकोमा विमललाई हार्दिक बधाई छ । (विश्व प्याराग्लाइडिङ प्रतियोगितामा नेपाली, पुस १८) सफलता पाउन सक्नुहोस् ।
- गिरीश पोखरेल