साप्ताहिक संवाददाता
पुस २५, २०७१
गत शुक्रबार जापानको टोकियोमा आयोजित कार्यक्रममा सयौं दर्शकमाझ बद्रीले उक्त प्रस्तुति दिएका थिए । गायक पंगेनीले त्यसबाहेक एक दर्जन हिट गीत गाएर दर्शकहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गरे । गीत गाउने क्रममा पंगेनीले युवाहरूको ऊर्जा मुलुक विकासमा खर्च हुनुपर्ने बताउँदै स्वदेश र्फकन आग्रहसमेत गरे । कुनै पनि नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत-पसिना बगाउनु नपरोस्, उनको आग्रह थियो । उक्त अवसरमा गायक जीवन शर्माको प्रस्तुति पनि समेटिएको थियो ।