साप्ताहिक संवाददाता
- सौरभ र साथीहरू, घट्टेकुलो
मलाई साप्ताहिक एकदम मनपर्छ । फेसबुक फन्डा पढ्दा मज्जा लाग्छ ।
- सागर पाण्डे
पछ्याउन लायक लाग्यो बुकेश महर्जनको सफलता (जीवनशैली) ।
- पारस खतिवडा, भक्तपुर
मीठो हुन्छ जंगली फलफूलको स्वाद, स्मरण गराइदिनुभएकोमा गायक अमृत गुरुङलाई धन्यवाद (फेसबुक हिट) ।
- हिक्मत बञ्जाडे, पोखरा
साप्ताहिकबाट गजुरियल विश्लेषण हटाइएको हो कि क्या हो ? धेरै भो पढ्न नपाएको । यो स्तम्भ हटाइएको हो भने हामी पाठकहरूको आपत्ति छ है !
- दिनेश थपलिया, पनौती
ईपीएसको छनौट प्रक्रिया पारदर्शी छ भने हामीकहाँ यही विषयमा यतिधेरै विवाद किन ? (अन्तर्वार्ता)
- अर्जुन मैनाली, झापा
युवा संसद्ले बनाइरहेको नमुना संविधान छिट्टै सार्वजनिक भए ६ सय १ लाई राम्रै झट्का लाग्थ्यो कि ?
- रमेश प्रजापति, ठिमी
मभन्दा जान्ने कोही छैन, मेरो नेतृत्व भयो भने मात्र देश बन्छ भन्ने सोच राख्ने योग्यता नपुगेका नेताहरूको जमातका कारण संविधान नबनेको हो (एक प्रश्न) ।
- कृष्ण अर्याल, महेन्द्रनगर
यो त तपाईंहरूले राम्रो गर्नुभएन है । लोकपि्रयताको मात लाग्यो कि क्या हो (टाढिए धुर्मुस र माग्ने) ?
- कुलबहादुर, धनगढी
लभ मन्त्र त गज्जब छ नि दीपाजी, तर खै तपाईंकै लभ सफल भएको देख्दिनँ ।
- सुमित श्रेष्ठ, नेपालगन्ज
मध्यपृष्ठको ब्लोअप त्यति जमेन । हङकङबाट आएको भनेर छाप्या जस्तो छ । विदेश भनेपछि मरिहत्ते गर्ने नेपाली स्वभाव साप्ताहिकमा पनि रहेछ ।
- कलावती शर्मा, जनकपुर
हामीले आफ्नो संस्कृति बिर्सनु भएन । साप्ताहिकले हाम्राे कला, परम्परा तथा भाषालाई पनि उत्तिकै महत्व दिनुपर्छ ।
- अपर्ण वैद्य