हालै नगरपालिका घोषणा भएको बासगढीमा उद्योेग वाणिज्य संघको आयोजनामा पुस ३० देखि माघ १० गतेसम्म तथा सानोश्री ताराताल नगरपालिकामा माघ ९ गतेदेखि १९ गतेसम्म बर्दिया महोत्सवको आयोजित गरिएकोे छ । ४ वटै महोत्सवमा ३० करोड रुपैयाँबराबरको कारोबार हुने तथा करिब ६ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । जिल्लाकै सबैभन्दा ठूलो भनिएको मध्यपश्चिम पर्यटन, कृषि, सांस्कृतिक एवं औद्योगिक व्यापार महोत्सव गुलरियामा १० करोड बराबरको कारोबार गर्ने लक्ष्य छ ।
मध्यपश्चिमाञ्चल स्तरीय महोत्सवमा ३ सयवटा स्टल रहनेछन् भने २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । यसैगरी बासगढी नगरपालिकामा पुस ३० देखि माघ १० गतेसम्म हुन लागेको माघी महोत्सवमा १ सय ८० वटा स्टल रहनुका साथै करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले माघ ९ गतेदेखि १९ गतेसम्म सानोश्री ताराताल नगरपालिकामा सञ्चालन हुने महोत्सवमा २ सयवटा स्टलमार्फत १० करोड रूपैया बराबरको कारोबार गर्ने लक्ष्य छ ।
बढैया तालको पर्यटकीय प्रवर्द्धनका लागि आयोजना गरिएको बढैयाताल माघी, कृष ितथा पर्यटन महोत्सवमा । १ सय ५० वटा स्टल रहने छन् । १ सय ८ बिघामा फैलिएको बढैयातालमा सयौं प्रजातिका स्थानीय तथा आगन्तुक चराहरू, विभिन्न जातका माछा एवं घोँगी पाइन्छन् । महोत्सवका क्रममा करिब १ लाख दर्शकलाई ताल अवलोकन गराइने महोत्सव आयोजक समितिको दाबी छ ।