साप्ताहिक संवाददाता
- रमेश खड्का
गत हप्ता साप्ताहिकमा खेलकुदसम्बन्धी समाचारमा गलत तथ्य प्र्रकाशन भए छ । (वल्र्ड कपको अझै नजिक, माघ १६) नेपालले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो, इन्टरनेसनल कप होइन ।
- सुदिप अर्याल
मित्रताको सीमा मलाई मनपर्यो । (मित्रताको सीमा, माघ १६) यो अनुभुतिले मेरो मन छोयो ।
- यशोदा ढकाल
कलाका यस्ता कार्यक्रमहरू निरन्तर भैरहनुपर्छ, (बनारसका नेपाली कलाकार, माघ १६) जसमा हाम्रो परम्परा, संस्कृति पनि झल्कियोस् ।
- रेबन्त शर्मा
कौडा औषधिका रूपमा पनि प्रयोग हुन्छ भन्ने कुरा थाहा थिएन । (कौडा, माघ १६) नयाँ कुरा जान्न पाइयो । यस्तै सूचना र सन्देश अन्य अंकहरूमा पनि दिनुहोला ।
- अर्जुन सुवेदी
मनोज गजुरेलको भनाइमा म सहमत छु । (गजुरियल विश्लेषण, हिजो, आज र भोलिका कुरा, माघ १६) उहिलेका कुरा कहिल्यै खुइलिँदैनन् । बूढापाकाहरूले भनेको कुरा सधैं साँचो हुन्छ ।
- आदित्य कुमार
गीतकार तथा संगीतकार शुक गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना । (अस्वस्थ भए शुक, माघ १६)
- जानुका ढुंगाना
आहा ! कस्तो राम्रो पहिरन । (पहिरन, सुनुवार, माघ १६) विदेशी पहिरन भन्दा त हाम्रै मौलिक पहिरन राम्रा ।
- मेघना काफ्ले
विदेशीहरूले नेपाली उत्पादन रोज्नु राम्रै कुरा हो नि । (बजार, रुद्राक्षको माला, माघ १६) हाम्रो नेपाली बजार पनि बिस्तार हुन्छ । सकेसम्म यसको प्रचार-प्रसार गर्न सके हुन्थ्यो ।
- विकास केसी, नयाँबजार
फेसबुक फन्डा निकै रमाइलो छ । यस्तै रमाइला समाग्रीहरू प्रस्तुत गरिरहनुहोला ।
- नारायण खनाल